कोहलपुरको बर पिपल पानी उद्योग शिल
प्रकाशित मिति : ७ आश्विन
कोहलपुर ११ मा रहेको मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योगद्धारा संचालित बर पिपल पानी उद्योग शिल गरिएको छ । बुधवार संयुक्त अनुगमन टोलीले न्युनतम पुर्वाधार बिना उद्योग सञ्चालनमा ल्याएको र यस अघिको पानी परिक्षणका क्रममा खान योग्य नरहेकाले उद्योग सिल गरिएको कोहलपुर नगरपालिकाका अधिकृत बिर बहादुर बिकले जानकारी दिए ।यस अघि सो उद्योगलाई पुर्वाधार नरहेको भन्दै सुधारका लागी निर्देशन दिईएको भएपनि सुधार नगरी उद्योग सञ्चालन गरेको पाईएकाले उद्योग सिल गरिएको विकले बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यलय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, गुणस्तर तथा नाप तौल बिभागको टोली, कोहलपुर नगरपालिका र प्रहरीको सहभागिता रहेको थियो । पानी उद्योग सञ्चालनका लागि आफ्नै ल्याव सञ्चालनमा ल्याउनु पर्ने, पानीको जार र बोतलमा उत्पादन मिती र व्याच नम्बर लगाउनु पर्ने, पानीका जार उचित तवरले सरसफाई गर्नु पर्ने प्रावधान रहेपनि उक्त उद्योगले त्यस्तो नगरेको पाईएपछि उद्योग शिल गरीएको हो ।
त्यस्तै कोहलपुर १० मा रहेको झरना जल उद्योगलाई सुरक्षा मापदण्ड पुरा नगरी सञ्चालनमा ल्याईएको भन्दै सचेत बनाईएको छ । सो उद्योगलाई एक हप्ता भित्र कोहलपुर नगरपालिकामा दर्ता हुन, पानीका जार शुद्ध तवरबाट सफाई गर्न , बजारमा पठाउँदा अनियवार्य सिल र लेवल लगाउन निर्देशन दिईएको बिकले बताए ।
अनुगमनका क्रममा कोहलपुरमा सञ्चालीत पानी उद्योगहरुले मापदण्ड पुरा नगरेको पाईएको बिकले बताए । कोही समय पहिले कोहलपुरको आरुष पानी उद्योग र मध्यपश्चिम पानी उद्योग पनि कारवाहीमा परेका थिए


