Wednesday, February 5, 2025
spot_imgspot_img
Homeस‌स्कृतिकलाबैजनाथको जिल्लामै पहिलो पालिका गान र लोगो

बैजनाथको जिल्लामै पहिलो पालिका गान र लोगो

बाँके: बैजनाथ गाउँपालिकाले पहिलोपटक पालिका गान र लोगो सार्वजनिक गरेको छ । गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै पालिका गान र लोगो सार्वजनिक गरेको हो ।   

बैजनाथको आर्थिक,सामाजिक,साँस्कृतिक र भौगोलिक बनावट पालिका गान र लोगोमा समावेश गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनुभएको छ। पालिका गानका लागि आएका ९ वटा प्रस्तावमध्ये गाउँपालिकाले आचार्य दामोदर उपाध्याय द्धारा लिखित पालिका गान छनौट गरिएको बताए । उनका अनुसार पालिका गानका लागि ९ जनाले लेख रचना उपलब्ध गराएका थिए । यस्तै लोगोको लागि लागि चार जनाले प्रस्ताव पेश गरेको र महेश अधिकारीको लोगो चयन गरिएको उनले बताए ।
पालिका गान र लोगो सोमबार बसेको गाउँपालिका बैठकले स्वीकृत गरेको थियो ।

गाउँपालिकाको नियमित ‐हिउँदे) गाउँ सभा १७ औँ अधिवेशनमा औपचारिक रुपमा सार्वजनिक गरिएको थियो । पालिका गान गायक प्रताप दास र सपना शाहीले गाएका छन् । यसमा आचार्य दामोदर उपाध्याय शब्द र लय विनोद विश्वकर्माको रहेको छ । गाउँपालिकाले १७औँ अधिवेशनमा अवसरमा पालिका गानका रचनाकार आचार्य दामोदर उपाध्याय, पालिका गानकी गायिका सपना शाही र लोगो डिजाइनकर्ता महेश अधिकारीलाई प्रमाणपत्र दोसल्ला र नगद्सहित सम्मान गरेको थियो ।

गाउँपालिका अध्यक्ष प्रकाश बहादुुर शाहीले पालिका गान र लोगोले बैजनाथको प्राकृतिक,साँस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक बनावटको प्रतिनिधित्व गरेको बताए । ‘अहिले प्रयोग हुँदै आएको पालिकाको लेटरहेडमा नेपाल सरकारको लोगो मात्र छ, अब एकातिर नेपाल सरकार र अर्कोतिर स्थानीय सरकारको लोगो रहनेछ ।’ उनले भने । पालिका गान बनेपछि बैजनाथमा आयोजना हुने हरेक औपचारिक कार्यक्रम, सभा, समारोह, विद्यालयहरुमा सार्वजनिक स्थलमा राष्ट्रिय गानपछि पालिका गान गाइनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments