बैजनाथ सम्बादाता
बैजनाथमा राजनीति गतिविधिहरुले तिब्र रुप लिएको छ।सबै उम्मेदवारहरु आफ्नो सम्पुर्ण दलबल सहित घर दैलोमा ब्यस्त देखिन्छन् ।लाखौं रुपैयाँ पानी जस्तैगरेर बगाएको स्पष्ट देख्न सकिन्छ झन्डा ब्यानर देखि पर्चा पम्पलेट जताततै कस्को बहुमत छ देखाउन शक्ति प्रदर्शन गर्न चुनावी माहोलमा होमिएको देख्दा बैजनाथ गाउँपालिका अध्यक्ष पदमा आफ्नो उम्मेदवार दर्ता गराएका नेकपा माक्र्सवादी पुस्पलाल समुहका केन्द्रिय सदस्य चन्द्र वीर कामीको चर्चा उत्तिकै चुलिदो छ।
सबै पार्टीका उम्मेदवारहरुले कम्युनिस्टको उदाहरण दिन होस चाहे सर्बहाराको मुद्वामा भुमिहिनहरुको पक्षमा बकालत गर्दा गर्दै जेल जीवन बिताएका एक सरल ब्यक्ती हुन चन्द्रबिर ले बि स २०५१ सालमा ४ हजार परिवार गिजरा बस्तिमा ३ हजार परिवार २०५२ सालमा मैनापोखर ५ हजार परिवार घोप्टे बस्ती कोहलपुरमा ६ सय घर परिवार त्यसैगरी बर्दिया जिल्लाको टपरीमा २०५३ सालमा २ हजार घर परिवार बस्ती बसाले संगै २०५३ सालमा १ बर्ष १ महिना भुमिहिनहरुको पक्षमा नेतृत्व गरेको आरोपमा तत्कालीन शाही नेपाली सरकार द्वारा जेल चलानको आदेश दिएको थियो। पुन २०५४ सालमा पुनः ठुरेमा बस्ती बसालेको आरोपमा १ बर्ष १ महिना जेल चलान गरेर पटक पटक भुमिहिनहरुको मुद्वामा जेल जीवन बिताएका चन्द्रबिर अहिलेको अन्य दलहरुको भोज सहित गरेको प्रचारलाई “कौवाको भोजभतेर मासु भात खाएर गरेको छ यी सबैको निश्चित रूपमा ठुलो क्षती ब्यहोर्नुपर्छ।त्यसैले अब “एक मत गरिबलाई अरु सबै हरिबलाई”आफू अहिले जुन साईकलमा छु त्यही साईकलमा मैले सम्पुर्ण कार्यकाल निभाउछु भ्रष्टाचारीहरुको जरोदेखी निर्मुल गर्नेछु र कुनैपनी सेवा सुबिधा लिने छैन त्यसैले चुनाव चिन्ह गैतीमा मतदान गरि बैजनाथ गाउँपालिका अध्यक्ष पदमा निर्वाचित गराउन अपिल गर्नुभएको छ।
साच्चिकै चन्द्रबिर त्यागी नेता हुनुहुन्छ तर पार्टी सानो भयो सम्पती भएन भनेर कहिँ चोकचौतारामा चिया गफ हरेक चोकमा उहाँको चर्चा छ कि साच्चिकै त्यागि र इमानदार कम्युनिस्ट नेताको रूपमा उहाँको कुनै सन्तान छैन श्रीमती घर परिवार कोइ छैन त्यसैले पनि सम्पुर्ण बैजनाथबासी आम मतदाताहरुको लागि ईमान्दार कर्मठ त्यागी नेता बिकल्पको रूपमा उदाउँन सक्ने आकलन गरीएको छ। के अब स्वबिबेकले मतदान गर्ने हिक्मत मतदाताहरुमा छ त ? के साच्चिकै चुनावमा आर्थिक खर्च गर्ने मात्र बिजय हुने हुन् त ? या बिना स्वार्थ ३१ बर्षदेखि राजनीति गरेका चन्द्र बिर जस्ता कुनै दिन आफ्नो मसिहा बनेकालाई सुकुम्बासी बस्तिले भोट दिन्छ त ? यी सबै कुरा हेर्न बाँकी छ..!
Good Luck