Wednesday, February 5, 2025
spot_imgspot_img
HomeUncategorizedनिरन्तर जनसेवामा वडा अध्यक्ष:खड्का

निरन्तर जनसेवामा वडा अध्यक्ष:खड्का

जाजरकोट:नलगाड नगरपालिका ६ को सडक बर्षातका पानीका कारण अबरुद्धभएकोले दशैं अगाडि नै स्थानीय जनतालाई यातायातको सहज पहुँच पुर्याउने उदेश्यका साथ प्राविधिक सहित जेसिबि लिएर सडक मर्मत गर्दै निरन्तर स्थानीय जनताको सेवामा वडा अध्यक्ष बिरेन्द्र खड्का जुटेका छन् ।
नलगाड नगरपालिकाको मुख्य बजार कालिमाटी नेटिलेख सडक खण्ड मर्मतको कार्य तीब्र गतिले अगाडि बढाईएको वडा अध्यक्ष खड्काले बताए।
बर्षातमा भारी बर्षाका कारण पहिरो गएको सडक मर्मत गरेर वडा सम्म सहज रूपमा एम्बुलेन्स र सवारी साधन पुर्याउन आफै फिल्डमा खटिएको उनको भनाई रहेको छ।आगामी दशैं अगाबै वडा कार्यालय सम्म केन्द्रिय विद्युत प्रशारण लाईन पुर्याउन विद्युतको पोल र तार तान्ने कार्य भैरहेको समेत जानकारी दिए।
नलगाड ६ का वडा अध्यक्ष बिरेन्द्र खड्का आफु निर्वाचित भएदेखि नै अलिक फरक तरिकाले लोकप्रिय कार्य गर्दै आईरहेका छन् ।युवा वडा अध्यक्ष आफै स्वयंम यसरी जनताको सेवामा लागेका छन् ।
वडा कार्यालयसम्म केन्द्रिय विद्युत प्रशारण लाईन र फाईवर नेट आम सन्चारका माध्यम संचालन गर्न सहज हुने उहाँको भनाई रहेको छ।युवा वडा अध्यक्ष खड्का निर्वाचित भएदेखि नै निरन्तर जनसेवामा निरन्तर छन् । यस्तै सोच र कामका साथ सबै वडा अध्यक्षहरु बिकास निर्माण देखि जनताको सेवामा जुटे पक्कैपनि नलगाडको समृद्धि हुने छ।

RELATED ARTICLES

1 COMMENT

  1. Status social midia ma haldai ma koi popular hudina pahila gaughar ma gyera janta sanga sodhnu kati ka khushi xan ra ako bachat bineyojan kaha kun kun tol ma kati deviation bhako xa pata lagaunu ‘ hhh

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments