Tuesday, April 21, 2026
spot_imgspot_img
Homeयुनिक गतिबिधिसेवाभावमा समर्पित कर्ण कठायत : बैजनाथका युवाहरूका प्रेरणास्तम्भ

सेवाभावमा समर्पित कर्ण कठायत : बैजनाथका युवाहरूका प्रेरणास्तम्भ

बाँके, बैजनाथ ।
बैजनाथ गाउँपालिका–४ बानियाभार निवासी युवा समाजसेवी कर्ण कठायतले व्यक्तिगत लगानीमार्फत समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। विकास निर्माणदेखि लिएर धार्मिक, सामाजिक तथा मानवीय क्षेत्रमा सक्रिय कठायत स्थानीय समुदायका लागि भरोसायोग्य नाम बन्दै गएका छन्।
उनले नौलापुर मन्दिर निर्माण, खाल्डाखुल्डी भएका सडकहरूमा ग्राभेल हाल्ने कार्य लगायतका पूर्वाधार विकासमा आफ्नै लगानी खर्च गरेका छन्। त्यस्तै, आर्थिक अभावमा रहेका दिनदुखी तथा विपन्न परिवारलाई सक्दो सहयोग गर्दै आइरहेका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा बैजनाथ–४ बाट वडा सदस्यमा निर्वाचित कठायत प्रायः आफ्नो पेशाबारे सार्वजनिक रूपमा चर्चा गर्न चाहँदैनन्। रियल स्टेट, पेट्रोल पम्प तथा टेक्सटाइल व्यवसायमा संलग्न भए पनि उनले राजनीतिलाई सेवा गर्ने माध्यमका रूपमा लिएको बताइन्छ।
बैजनाथका युवाहरूका लागि रोल मोडलका रूपमा चिनिन थालेका कठायतले सहयोग माग्न आउने कुनै संघसंस्था वा व्यक्तिलाई सकेसम्म निराश नपार्ने गरेको स्थानीयवासीहरू बताउँछन्।
विशेषगरी कृषि क्षेत्रको विकासमा उनको विशेष चासो रहेको छ। बैजनाथलाई कृषि भूमि रूपमा पहिचान गराउँदै हरेक किसानले समयमै सिँचाइ, मल र बीउ पाउनुपर्नेमा उनी जोड दिन्छन्। आत्मनिर्भर मात्र होइन, व्यवसायिक कृषि प्रणालीमार्फत युवाहरूलाई गाउँमै अवसर सिर्जना गर्न उनले निरन्तर पहल गरिरहेका छन्।
पाटी, पौवा, मन्दिर, चौतारा, धर्म–संस्कृति तथा खेलकुद गतिविधिहरूमा समेत उनको लगानी र सक्रियता देखिन्छ।
समाजमा प्रतिशोधरहित राजनीति र निस्वार्थ सेवाभावले काम गर्ने युवाहरू नै वास्तविक समाजसेवी हुन् भन्ने उदाहरण कर्ण कठायतले प्रस्तुत गरिरहेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments