जाजरकोट सम्बादाता
निर्वाचन नजिकिदै गर्दा स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारहरु आ आफ्नो स्थान बाट कसरी निर्वाचित हुने भन्ने बारे योजना सहित नेता कार्यकर्ताहरु सहित गाउँ गाउँ पसेसँगै बिगत लामो समयदेखि शुरु गरेको राजनीति २७ बर्षपछि नगर प्रमुख पदको उम्मेदवार बने डम्बर बहादुर रावत (नबिन) ।
देशका ७५३ स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधि ल्याउन चुनाव हुँदै गर्दा जाजरकोटको नलगाड नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार बनेका पुराना कम्युनिस्ट जगका एउटा हस्ती जनआधार सहितका डम्बर बहादुर रावत (नवीन) नेकपा माओवादी केन्द्र बाट प्रमुख पदमा छन् ।नगर उप प्रमुख पदका उम्मेदवार सरिता सिंह नेपाली काङ्ग्रेस बाट टिकट पाएर उम्मेदवार बनेकी हुन् । सत्ता गठबन्धन ५ दलहरु बिच देशब्यापी रूपमा गठबन्धन सहित स्थानीय निर्वाचनमा जाने केन्द्रिय नेतृत्वको सहमती भएतापनी आफ्नो स्थानीय स्तरको अनुकुलतामा गठबन्धन गरेता पनि नलगाड नगरपालिकामा सत्ता गठबन्धन नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र बिच गठबन्धन गरेर चुनावमा जाँदा वडाहरुमा भने आ आफ्नो दल बाट उम्मेदवारी दिएर प्रमुख उप-प्रमुख पदमा मात्र गठबन्धन गर्दा वडाको निर्वाचनले को शक्तिशाली बन्ने भन्ने स्पष्ट देखाउने छ।
नगर प्रमुख पदका उम्मेदवार रावतको २०५२ मा शिक्षक बाट राजीनामा दिएर २०५२ सालदेखी नै भुमिगत भएर नेकपा माओवादी केन्द्रमा जिल्ला कमिटी सदस्य बाट शुरु गरेको राजनीतिक यात्रा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकता पछि नेकपा हुँदा कर्णाली प्रदेश कमिटी सदस्य पुन नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग अलग हुँदा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य एवं जाजरकोट जिल्लाको संयोजक बनेका रावत सँगैका समकक्षी देब गुरुङ केन्द्रिय राजनीतिमा छन्। रावत नगर प्रमुखको उम्मेदवारी पछि गाउँ गाउँमा घर दैलोमा नेता कार्यकर्ता दलबल सहित ब्यस्त छन् ।
कम्युनिस्ट राजनीति शुरु गरेदेखी पार्टीको तर्फबाट पहिलोपटक पार्टीले टिकट दियो । अब लामो राजनीतिको अनुभव नलगाड देखाउने यो सुनौलो अवसर आएको छ।स्थानीय नागरिकलाई रिझाउन नयाँ र दुरगामी योजना देखाउन अथवा प्रतिबद्धता लिएर घर घर पुगेका रावतलाई जनताले कति बिस्वास गर्छन् हेर्न भने बाँकी नै छ?