Wednesday, February 5, 2025
spot_imgspot_img
Homeसमाजखेलकुदराम जानकी गौशालासँग सहकार्य गर्न स्थानीय सरकार तयार छ:मेयर आचार्य

राम जानकी गौशालासँग सहकार्य गर्न स्थानीय सरकार तयार छ:मेयर आचार्य

सहयोगको पर्खाईमा कोहलपुरको राम जानकी गौशाला
बाँकेको कोहलपुर नगरपालिका ११ चौराहा स्थित बि स २०६५ सालदेखी श्री राम जानकी गौशाला संन्चालनमा आएको छ।भोलानाथ आचार्य को अगुवाइमा बनेको श्री राम जानकी गौशाला स्थापना गर्दा सामान्य टिनको छानो र कुल ५ वटा गाई बाट शुरुवात गरिएको हाल ७० वटा गाई ब्यवस्थापन गरेर सन्चालनमा आएको छ भने कोहलपुर नगरपालिका राम जानकी गौशालासंग सहकार्य गरेर अगाडि जान तयार भएको मेयर पुर्ण प्रसाद आचार्य बताउनुहुन्छ।

राम जानकी गौशालाका ब्यवस्थापन समिति अध्यक्ष एवं गौशाला संचालन भोलानाथ आचार्य हाल गौशाला संचालन गर्न गाह्रो भएको बताउछन ।पहिले पहिले चरण प्रशस्त हुने गर्दथ्यो तर अब गौ चरन छैन। आवश्यकता अनुसारको चारा र पराल किन्न नि आर्थिक हुँदैन । अहिले हामी समस्यामा छौ उहाँले भन्नुभयो ।
यहि दर्शन गर्न आउने भक्तजहरुको मुठी दान बाट जसो तसो सन्चालन गरेका छौ।
दुई जना ग्वाला हेराला राखेका छौ ।अब स्थानीय सरकारले अपनत्व लिन सक्दैन अनि प्रदेश सरकार र संघीय सरकार बाट आश्वासन मात्र आएको छ । अब केही हुन्छ कि हेरौं उहाले भन्नु भयो ।

गौशालाको एउटा सानो हलमा हरेक शनिबार भगवान श्री रामको भजनर्कितन हुने गरेको छ । भजन किर्तन समुहका अध्यक्ष जनक शाही भन्नुहुन्छः भगवानको आस्था हो जो कोई पनि आएर पुजा गर्न र भक्ती र मन शान्तिका लागि भगवान श्री रामको भजन र आराधना गर्नाले उहाँको कृपा दृष्टि हुने भएकाले कुनैपनी जातजातिका भगवान प्रती आस्थावान ब्यक्तीहरु आएर भजन अराधनामा सरिक हुन सक्नु हुन्छ।

यसैगरि गौशाला बाट गौ मुत्र शुद्विकरण गरेर बिक्री गरिन्छ त्यस बाट पनि केही जोहो हुन्छ। तर अब स्थानीय सरकारले खर्चको ब्यवस्थापन गरे कुनैपनी गाई सडकमा देखिने छैन सबै ब्यवस्थापन गर्न गौशाला तयार रहेको गौशाला का उपाध्यक्ष प्रेम बहादुर खत्री बताउनु हुन्छ। युवाहरूलाई पनि भगवान प्रती आस्था जगाउन आवश्यक छ यसो भए धर्मप्रती आस्थाका साथै मनमा शान्ती पाईन्छ र कुलत बाट समेत युवाहरूलाई बचाउने यो एउटा राम्रो तरिका भएकाले आफू भजन कृतन गर्न आउने गरेको लक्ष्मि शाही बताउनु हुन्छ।
यसरी संरक्षण र अभिभाकत्वको प्रतीक्षामा रहेका छाडा पशु चौपाया नियन्त्रण गरेर गौशालामा ब्यवस्थापन गरे दुर्घटना न्यूनीकरण हुनेछ भने अर्कोतर्फ पशुले समेत उचित सुरक्षा पाउने निश्चित छ। कोहलपुर नगरपालिका मेयर पुर्ण प्रशाद आचार्यले सनातन हिन्दु धर्मावलम्बीहरुको पबित्र जनावर गाइ बैज्ञानिक दृष्टिकोणले समेत मल मुत्र उपयोगितालाई अति महत्त्वपूर्ण भएको बताउदै गाईलाई दुहुनो भएसम्म पाल्ने थाकेपछी सडकमा ल्याएर छाड्ने गरेकोले समस्या आएको हो बताउनुहुन्छ । गौशालाले दुर्घटना न्यूनीकरण गरेको छ र बिना स्वार्थ गाई पाल्नु भएको छ अब गौशालालाई गौ चरण र छाडा चौपाया ब्यवस्थापन र गौमाताको लागि श्री राम जानकी गौशालासंग सहकार्य गरेर अगाडि बढ्ने धारणा राख्नु भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments