Tuesday, July 1, 2025
spot_imgspot_img
Homeस्थानीयबैजनाथ गाउँपालिकामा सेवाग्राही कक्ष निर्माण

बैजनाथ गाउँपालिकामा सेवाग्राही कक्ष निर्माण

बैजनाथ (बाँके), असार १० – जनताको सेवा पहुँचलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले बैजनाथ गाउँपालिकाले सेवाग्राही कक्ष निर्माण सम्पन्न गरेको छ। अब उक्त कक्षमा डिजिटल मेसिन सहित सेवाग्राहीलाई टोकल संचालनमा ल्याइने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी दिनुभएको छ।

गाउँपालिका अध्यक्षले नागरिकसँग प्रत्यक्ष सम्पर्क, गुनासो सुनुवाइ र सेवा समन्वयलाई प्राथमिकता दिँदै  कक्ष निर्माण गरिएको जानकारी दिनुभयो।

सेवाग्राही कक्षमार्फत गाउँपालिका आउने नागरिकले आवश्यक जानकारी, उजुरी दर्ता, सुझाव तथा सहयोग समन्वय जस्ता सेवा पाउनेछन्। कक्षमा एसी सहितको नागरिकलाई सेवाग्राही कक्ष, सूचना पाटी, उजुरी बक्स लगायतका सुविधा समेत समेटिएको छ।

स्थानीयवासीहरूले यो पहलले सेवा प्रणालीमा पारदर्शिता र जवाफदेहिता बढ्ने विश्वास लिएको बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments