Thursday, April 9, 2026
spot_imgspot_img
Homeसमाजशिक्षानिम्बल एकेडेमी कक्षा ८ (BLE) मा शतप्रतिशत नतिजा

निम्बल एकेडेमी कक्षा ८ (BLE) मा शतप्रतिशत नतिजा

बाँके । कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा (BLE) मा यस वर्ष पनि विद्यालयले शतप्रतिशत (१००%) नतिजा हासिल गर्न सफल भएको छ। गत वर्षझैँ यस वर्ष पनि सबै विद्यार्थी उत्तीर्ण भएसँगै विद्यालयले निरन्तर उत्कृष्ट शैक्षिक उपलब्धि कायम राखेको हो।
विद्यालय प्रशासनका अनुसार यस सफलताले संस्थाको शैक्षिक गुणस्तर, अनुशासन र समर्पित शिक्षण पद्धतिको स्पष्ट संकेत गरेको छ। विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकहरूको साथ–सहयोग र शिक्षकहरूको समर्पित प्रयासले नै यस्तो उल्लेखनीय उपलब्धि सम्भव भएको विद्यालयले जनाएको छ।
यस अवसरमा विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।
विद्यालयका प्रधानाध्यापक रमेश के.सी. ले आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments