Monday, April 6, 2026
spot_imgspot_img
Homeसमाजकोहलपुरमा ‘प्रथम संस्कृति, भेषभूषा तथा खानपान महोत्सव’ आयोजना हुँदै

कोहलपुरमा ‘प्रथम संस्कृति, भेषभूषा तथा खानपान महोत्सव’ आयोजना हुँदै

नेपालगन्ज चैत २२- नयाँ वर्ष २०८३ को अवसर पारेर कोहलपुरमा ‘प्रथम संस्कृति, भेषभूषा तथा खानपान महोत्सव’ आयोजना हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति, बाँके को आयोजनामा हुन लागेको उक्त महोत्सवले मगर समुदायको मौलिक कला, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

आइतबार कोहलपुर–२ स्थित श्री बौद्ध गुम्बा शान्ति विहार मा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे औपचारिक जानकारी गराइएको हो ।

आयोजकका अनुसार महोत्सवमा विविध सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, मगर समुदायका परम्परागत खानाका स्टल, मौलिक भेषभूषा तथा भाषाको प्रदर्शन प्रमुख आकर्षणका रूपमा रहनेछन् । साथै, थारु गाउँको झल्को दिने संरचना र बालबालिकाका लागि मनोरञ्जनात्मक बाल उद्यानको समेत व्यवस्था गरिने जनाइएको छ ।

यो महोत्सव २०८२ साल चैत ३० गतेदेखि २०८३ साल वैशाख ६ गतेसम्म न्यूरोड खुल्ला मञ्चमा सञ्चालन हुनेछ ।

संघका अध्यक्ष भुपेन्द्र पुन मगरले महोत्सवले मगर समुदायको मौलिक पहिचान संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । उनले नयाँ वर्षको अवसरमा आपसी सद्भाव, आत्मीयता र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

आयोजकले सम्पूर्ण स्थानीयवासी, संस्कृति प्रेमी तथा सरोकारवालाहरूलाई महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments