Thursday, April 9, 2026
spot_imgspot_img
Homeसमाजशिक्षातक्षशिला एकेडेमीको कक्षा ८ मा शतप्रतिशत नतिजा

तक्षशिला एकेडेमीको कक्षा ८ मा शतप्रतिशत नतिजा

बाँके । कोहलपुर नगरपालिका –१० स्थित Takshashila Academy ले आधारभूत तह कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ। कोहलपुर नगरपालिका शिक्षा शाखाद्वारा सञ्चालित उक्त परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका हुन्।
विद्यालयका अनुसार परीक्षामा कुल ३८ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ११ जना छात्रा र २७ जना छात्र रहेका थिए। सबै विद्यार्थी सफल भएपछि विद्यालय परिवारमा खुसीयाली छाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले उत्कृष्ट नतिजाका लागि कक्षा शिक्षक, विषयगत शिक्षक, विद्यार्थी तथा अभिभावक सबैलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक भिम बहादुर रोकायले विगतदेखि नै विद्यालयले गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित नयाँ शैक्षिक योजना सार्वजनिक गरिने जानकारी दिनुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments