Thursday, April 9, 2026
spot_imgspot_img
Homeराष्ट्रियनमूना विद्या सदनमा कक्षा ८ BLE–२०८२ मा शतप्रतिशत नतिजा

नमूना विद्या सदनमा कक्षा ८ BLE–२०८२ मा शतप्रतिशत नतिजा

बाँके, कोहलपुर । कोहलपुर–८ बाबानगर स्थित नमूना विद्या सदन माध्यमिक विद्यालयले कक्षा ८ (BLE–२०८२) परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ।
बिहीबार कोहलपुर नगर शिक्षा शाखाले सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयका सबै विद्यार्थी सफल भएका हुन्। यस उपलब्धिले विद्यालयको शैक्षिक स्तर र निरन्तर मेहनतलाई पुष्टि गरेको छ।
विद्यालयका संचालक शिव डाँगीले उत्कृष्ट नतिजाका लागि कक्षा शिक्षक, विषयगत शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्दै सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना सहित बधाई ज्ञापन गर्नुभयो। उहाँले शिक्षकहरूको मेहनत, अभिभावकको साथ र विद्यार्थीहरूको लगनशीलता नै सफलताको प्रमुख आधार भएको बताउनुभयो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक सुदन गुरुङले विगतदेखि नै विद्यालयले उत्कृष्ट नतिजासँगै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी नयाँ शैक्षिक सत्रमा थप नवीन योजना र कार्यक्रमसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments