Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रिय रश्मि बिल्डर्सको बदमासी, वडा कार्यालयकाे भवनमा कमसल ईटा प्रयाेग

 रश्मि बिल्डर्सको बदमासी, वडा कार्यालयकाे भवनमा कमसल ईटा प्रयाेग

कंचनपुर १३ असाेज

कञ्चनपुर जिल्लाकाे दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा वडा कार्यालयकाे भवन निर्माणमा ठेकेदार कम्पनीले सम्झाैता विपरीत कमसल ईटा प्रयाेग गरेको पाइएको छ।

नगरपालिकाकाे प्रस्तावित बजेटबाट निर्माणको जिम्मा पाएका रश्मि बिल्डर्स कम्पनिले पुनर्वास नगरपालिका वार्ड नं. ९ काे वडा कार्यालयकाे भवन निर्माण गर्दा कमसल पीला ईटा प्रयाेग भए पछि स्थानियले निर्माण कार्यमा अवराेध गरेका हुन ।

निर्माणका लागि जिम्मा पाएकाे रश्मि बिल्डर्स प्रा. लि. ले एक नम्बर ईटा प्रयाेग गर्नु पर्नेमा कमसल जातको पीला ३ नं. ईटा प्रयाेग गरी बदमासी गरेकाे स्थानियकाे अाराेप छ ।

भवन निर्माणमा ठेकेदारले ईट्टा बालु ढुङ्गा आफै न ल्याई प्रविधिकलाई जिम्मा दिनुले पनि आन्तरिक साँठगाँठ र मिलोमतोमा आर्थिक चलखेल र भष्टचार रहेको श्रोतको दावि छ। ठेकेदार र प्रविधिक मिलेर भ्रष्टाचार गरिएको आरोप स्थानियहरुले यतिखेर लगाइरहेका छन् ।

कमसल ईट्टा आएको भन्ने थाहा पाउदा पाउदै ठेकेदार कम्पनी, ईन्जिनियर र प्राबिधिकले भवनकाे जगमा जस्ताे सुकै ईटा प्रयाेग गरेपनि काम चल्छ भने पछि साेहि कमसल ईटा प्रयाेग गरिएकाे साईड ईन्चार्ज चौधरी बताउँछन्।

प्रयाेग भईसकेकाे कमसल ईटा ताेड्नु पर्ने र निर्माण कम्पनीलाई कार्बाहि गरिनु पर्ने, जिम्मा पाएकाे रश्मि बिल्डर्स प्रालि सँग सम्झाैता रद्द गरेर राम्राे ईमान्दार निर्माण कम्पनिलाई निर्माणकाे जिम्मा दिनु पर्ने माग स्थानीयहरुले नगरप्रमुख समक्ष राखेका छन ।

पुनर्वास नगरपालिका वार्ड नम्बर ९को वडा कार्यालय निर्माणका लागि नगरपालिकाकाे प्रस्तावित बजेट १ कराेड ३२ लाख रकमकाे याेजना भिमदत्त नगरपालिका कञ्चनपुर स्थित रश्मि बिल्डर्स कम्पनिले बिलाेमा गई ८९ लाख ५२ हजारमा काम सम्पन्न गर्ने भनी जिम्मा पाएकाे थियाे । अायाेजनाकाे सम्झाैता २०७७ असाढ २९ गते भएकाे र अायाेजनन सम्पन्न २०७८ असाढकाे १५ गते सम्म निर्माण कार्य सम्पन्न गर्ने भनी सम्झाैता गरेकाे थियाे ।

वडा कार्यालयले दिनहु कामकाे निगरानी गरेकाे भएता पनि निर्माण कम्पनीले कमसलकाे ईटा ल्याएकाे अाफुलाई जानकारी नभएकाे वडाध्यक्ष बताउछन । कमसल ईटालाई फिर्ता पठाएर राम्राे ईटा ल्याउने र मापदण्ड र सम्झौता अनुसारको पुन: निर्माणकाे काम सुचारू गरिने वडाध्यक्ष नारायण प्रासदा जैशीले बताउँछन।

निर्माण कम्पनिले १नं. २नं. र ३ नं. ईटा मिसाएर प्रयाेग गरिएकाे नगरपालिकाका नगरप्रमुख जीवन राज थापा स्विकार्नु हुन्छ । मापदण्ड विपरित निर्माण कम्पनिले कमसल ईटा प्रयाेग गरेकाे छ । ठेकेदार प्राविधिकलाई छानबिन गरीने र दाेषी देखिए कार्बाहि प्रकृया अघि बढाईने नगर प्रमुख बताउछन यसलाई तुरून्त भत्काउन लगाउने र मापदण्ड अनुसारकाे सामाग्री प्रयाेग गरि पुन: निर्माण काम शुरू गरिने नगर प्रमुख जीवन राज थापा बताउछन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments