कारितास,करुणा र रेरिको साझेदारीमा सांकेतिक भाषा दिवस मनाईयो।
- बैजनाथ :सामाजिक सेवा दिवस तथा सांकेतिक भाषा दिवस कारितास नेपाल् ,करुणा सेवा समाज ,परिलक्षित काठमाडौं र रेरि बांकेको साझेदारिमा रेरि बांंकेको कार्यालयमा ३० जना श्रवण सम्बन्धि अपांग बालबालिकाको सहभागितामा कार्यक्रम सप्पन्न गरियो ।
उक्त कार्यक्रममा करुणा सेवा समाजले श्रवण सम्बबन्धि अपाांगहरुका लागि न्यानो कपड़ा वितरण गरिएको हो।लक्षित बर्गले ६ महिने सिलाइ-कटाई तालीम लिएका श्रवण सम्बन्धि अपांगहरुलाई सिलाई मेसिन प्रदान गरिएको छ। परिलक्षीले रेरि बांके संगको साझेदारी विगत १० बर्ष देखी यस् क्षेत्रका श्रवण सम्बन्धि अपाांग भएका व्यक्तिहरुका लागि शिक्षा , स्वास्थ तथा सिपमुलक तालिमका लागी निरन्तर सहयोग सहकार्य गरिरहेको छ ।
- कोभिड:१९ का कारण समस्यामा परेका अपांगता भएका परिवारको लागी राहत स्वरुप खाद्यन्न पनि उपलब्ध गराउदै आएको छ । फेरि पनि अर्को चरणमा खाद्यान्न उपलब्ध गराउने योजना रहेको जानकारी प्राप्त भएको छ।
विगत १० बर्स्ष देखि श्ररवण सम्बन्धि अपांग बालबालिकाहरुको लागि शिक्षा , स्वास्थ , खान , बस्नको लागि व्यबस्था गर्दै आयको छ । हाल सम्म २५०जना छात्र श्ररवण सम्बन्धि अपाांग छात्र , छात्राहरु यस् संस्थाबाट गुणस्तरिय शिक्षा प्रदान गरि हाल जिबिकोपर्जनका लागि व्यवसायीक सीप सिकेेर जिवनयापन गरिरहेका छन् ।
आगामी दिनहरुमा पनि अध्यन पछि व्यसायिक सीप सिकाइ जिविकोपर्जन गर्न सक्षम बनाउने उदेश्यका साथ यस् रेरि बांकेले सेवामुलक कार्य गर्दै आएको छ।
- हाल ४६ जना श्रवण सम्बन्धि अपांग बालबालिकाको भविस्य निर्धारणका निम्ति शिक्षा ,स्वास्थ , खान, बस्नको राम्रो व्यवस्था गरिएको छ।