Thursday, February 6, 2025
spot_imgspot_img
Homeस‌स्कृतिकलादाजु–भाईका लागि दिदी–बहिनीले गरे मंङ्गल कामना

दाजु–भाईका लागि दिदी–बहिनीले गरे मंङ्गल कामना

बारा , १ मंसिर
धार्मिक मान्यता रहे अनुसार प्राचीन काल देखि नैं चल्दै आएको भैयादुज त्यौहार सोमवार तराई मधेशका दिदी–बहिनीले आफ्ना दाजु–भाईहरुको दिर्घायुको कामना गर्दै मनाएका छन् ।
नेपालमा पहाडी समुदायमा मनाइँने भाई टिका जस्तै मधेशी समुदायका दिदी–बहिनीहरुले दाजु–भाईहरुको लामो दिर्घायुको कामना गर्दै आज यो पर्व मनाएका हँुन् ।
तराई मधेशको विभिन्न जिल्लाको गाउँ–शहरमा दिदी–बहिनी तथा दाजुभाईहरुको प्रेम एवंम् स्नेह यथावत राख्नका लागि भगवान गोवद्र्धनको पूजाको भोली पल्ट अर्थात आज विहान पनि बिधिवत पूजा अर्चना गरि यो त्योहार मनाउँने चलन रहेको छ ।
दिदी–बहिनी र दाजु–भाईहरुको प्रेम तथा कुशल जीवनको कामनासँग जोडिएको यो त्योहारमा दिदी–बहिनीहरुले पहिले त भगवान गोवद्र्धन समक्ष श्राप दिएर आफ्ना दाजु–भाईहरुको सबै दु ः ख र कष्ट मुक्त गर्दै उनीहरुको लामो दिर्घायूको कामना गर्दछन् ।
सोहि परम्परालाई कायम राख्दै सोमवार एका बिहानैं मध्य तराई मधेशको विभिन्न शहर देखि गाउँ–घरमा मधेशी समुदायका महिला तथा युवतीहरुले सामुहिँक रुपमा विभिन्न स्थानमा जम्मा भई भगवान गोवद्र्धनको पूजा–अर्चना सँगै पारम्परिक गीत समेत गाउँने गर्दछन् ।
यस दिनमा दिदी–बहिनीहरुले रेंङ्गनीको काँडाले आफ्ना जिब्रामा घोचेर आफ्ना दाजु–भाईलाई श्राप दिएर पुन ः श्राप मुक्त गर्दछन् । प्राचीन काल देखी नैं चलिआएको धार्मिक परम्परा अनुसार महिलाहरुले गोवद्र्धन पूजा गरेर हिन्दु धर्ममा हुँने बिवाह र अन्य मांङ्गलिक कार्यहरु आजैबाट सुरु भएकोले गीत समेत गाउँने गर्दछन् । यो पर्व हिन्दु धर्मवालम्बीहरुको लागी निकै नैं महत्वपुर्ण मानिएको स्थानीय महिला कलावती सहनी बताउँ छिन् ।
गोबर्धन पूजा पश्चात दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई सारो केराउलाई बजड्ीको रुपमा र मिठाई खुवाएर दाजु–भाईहरुको शक्ती तथा छाती बजड्ी झैं सारो तथा बलियो रहोस् भन्ने लामो आयूको आशिर्वाद समेत दिने गर्दछन् ।
यसै धारणालाई रिती–रिवाजको पालना गर्दै बारा लगायत मध्ये तराईका सबै जिल्लाहरुमा दिदी–बहिनीहरुले आ–आफ्ना दाजु–भाईलाई आशिसको रुपमा बजड्ी र लड्डु खुवाएर उनिहरुको लामो दिर्घायूको कामना सहिँत आशिस दिएका छिन् ।
आजैको दिन पहाडी समुदायमा दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई टिका लगाएर लामो आयूको आशिर्वाद दिने गर्दछन् । गोबर्धन पूजासँगै सोमवार देखि छठ पर्व बिधिवत रुपमा सुरु भएकोले बिहानैं देखी चरा चुरंगीहरुको चुरचुर जस्तै गाउँ–घरमा गीतको गुंजन समेत सुनिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments