Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजस्वास्थ्यबाँकेमा ४६ जना कोरोना जितेर घर जाँदैं

बाँकेमा ४६ जना कोरोना जितेर घर जाँदैं

बाँके । जिल्लाबाट आज (मंगलबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ५६ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा २४ जना महिला र ३२ जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार तीन सय ७४ पुगेको छ ।

बाँकेमा हालसम्म तीन हजार छ सय एक जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डीसीसीएमसी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३६ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले दुई सय २४ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ९३.७० प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.६० प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments