बैजनाथ समाचारदाता बिहिवार ११ मंसिर
बाँके जिल्लाको बैजनाथ गाउँपालिका ८ निवासी झरना बुढा भगवती माध्यमिक बिद्यालयमा कक्षा ७ मा अध्ययनरत झरना बिहान बेलुका घरमा सघाउने गर्छिन् ।
बैजनाथ गाउँपालिका ८ हस्नापुरमा आफ्नो परिवारलाई सघाउने गरेकी उनि बताउछिन् । १० बर्षकि झरना एका बिहानै तरकारी बिक्रि गर्दै करिब ९ बजे सम्म आफुले तरकारी बिक्री गरेर सकाउने बताईन्। उनले प्रतिदिन ५ सय देखी एक हजार सम्मको तरकारी बिक्रि गरेर आफ्नो घर परिवार लाई सघाउने गरेकी छन् यसरी स्कुल बन्द भएको समयलाई आफुले सदुपयोग गरेको बताईन । झरना जस्तै अन्य बिद्यार्थि भाईबहिनीहरुले सदुपयोग गरे आत्मनिर्भर का साथै आर्थिक आम्दानीमा वृद्धि भएपछि समृद्व को नारा सफल पार्न सकिने एउटा उदाहरण बनेकी झरना बुढा । यसरी करिब १ बर्ष देखी झरना तरकारी ल्याएर बेच्ने गर्छिन। आफ्नो बारिमा उत्पादन गरेका भाजिको साग,माटेको साग,काउलु गोबि जस्ता तरकारी बेच्ने गरेको स्थानीय समाजसेवी देब बहादुर खत्रीले जानकारी दिनुभयो ।