नेपालगन्ज, २६ फागुन – प्रत्येक वर्ष झै यसवर्ष पनि महाशिवरात्रीको पावन पर्वमा आयोजित हुँदै आएको विविध धार्मिक कार्यक्रम अझ भब्य रुपमा मनाउने उद्देश्यका मनाउन लागिएको संरक्षक माधवराम बर्माले बताउनु भएको छ ।
संरक्षक बर्माका अनुसार यसवर्ष रुद्री पाठ, शिव पुराण, होम शान्ति पाठ, तिलक आरती, भजन कीर्तन, सांस्कृतिक कार्यक्रम, प्रसाद वितरणलगायत कार्यक्रम विहिबार मन्दिर प्रा·णमा सम्पन्न गरिने बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ प्रगतिपथ टोलमा अवस्थिति निर्माणको अन्तिम चरणमा रहेको ॐ शिव पार्वती मन्दिरको प्रा·णमा महाशिवरात्रीको पावन पर्वमा आयोजित विभिन्न धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रममा सम्पूर्ण भक्तजनहरुलाई सहभागी हुन संरक्षक बर्माले अनुरोध गरेका छन् ।
ॐ शिव पार्वती मन्दिरको परिसरमा सन्तानेश्वर महादेव, अर्धनागेश्वर, नन्दी, श्री गणेश, राम भक्त हनुमान, कालभैरव, शनिदेव, सूर्यदेव, श्रीराधा कृष्ण, लक्ष्मी नारायण, शेषनाथ र विश्वकर्मा बाबाको प्रतिष्ठापित प्रतिमाहरुको दर्शन गर्ने सौभग्य प्राप्त गर्नुका साथै स्वयंको आस्था भक्ति अनुरुप पूजा अर्चनाको अवसर प्राप्त गर्न हेतु सम्पूर्ण उपमहानगरबासीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध संरक्षक बर्माले गर्नु भएको छ ।
संरक्षक बर्माका अनुसार बाँके जिल्ला चिनाउन जिल्ला भित्र रहेका कैयन धार्मिक अस्था र पर्यटनका रुपमा रहेका सानो–सानो स्थानहरुलाई हामी चिनाउन सक्नु पर्दछ । स्थानीय बागेश्वरी मन्दिर तथा मन्दिर छेउछाउमा रहेका अन्य देवीदेवताका मन्दिरहरुलाई पर्यटनको रुपमा विकास गर्न सकिन्छ ।
त्यसैगरी, स्थानीय हडिया बाबा आश्रम, लक्ष्मीनारायण मन्दिर, नरैनापुरमा रहेको बाबा बर्फानीको क्षेत्र, रानी तलाऊ, कठमहल मन्दिर, बाँके राष्ट्रिय निकुञ्जलगायत स्थानहरुलाई स्थानीय सरकारले पर्यटनको दृष्टिकोणले छनौट गरी पर्यटकहरुलाई सहज र सरल रुपमा घुमफिर गर्ने वातावरण सिर्जना गर्न सके यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।