नेपालगन्ज : नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाँकेले पूर्णता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा वली निकट नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालको अध्यक्षता तथा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र अतिथिहरु केन्द्रीय सदस्यद्वय देवराज भार र पुजन बिश्वकर्मा लगायतको उपस्थितिमा पाँचौ बैठक सम्पन्न भएको छ ।वैठकले बाँके जिल्लाको राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको जिल्लादेखि स्थानीय तहसम्म पुनर्गठन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटिको सर्कुलर बमोजिम राष्ट्रिय युवा संघको बाँके जिल्ला कमिटीलाई कुश्माखर वस्यालको संयोजकत्वमा ३३५ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गरिएको छ ।
त्यस्तै उक्त बैठकले टेकेन्द्र मल्लको संयोजकत्वमा सह संयोजक बिकल भट्टराई, सचिब प्रकाश बि.क., सहसचिव बिकास बिक्रम के.सी., कोषाध्यक्ष बिनय कुमार यादव रहने गरि १५१ सदस्यीय अनेरास्ववियु बाँकेको जिल्ला कमिटी समेत पुनरगठन गरेको छ । भने पुनर्गठित राष्ट्रिय युवा संघ नेपालको चैत ६ गते र अनेरास्ववियूको चैत ७ गते शपथ ग्रहण कार्यक्रम रहेको । नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले बताउनु भयो।


