लक्ष्मणपुर(बाँके) । नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित आदर्श माध्यमिक विद्यालयलाई शैक्षिक तथा प्रविधिजन्य सामग्री हस्तान्तरण गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमको आर्थिक सहयोगमा विद्यालयलाई शैक्षिक तथा प्रविधिजन्य सामग्री हस्तान्तरण गरिएको हो । विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले विभिन्न सामग्री हस्तान्तरण गर्नुभएको हो ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका सहजकर्ता गम्भीरनाथ योगीका अनुसार कम्युटर, एलइडी टिभी, विद्यार्थीहरुलाई झोला, ट्रयाक सुट, अफिस दराज २ थान, बुक ¥याक दराज २ थान, लकर दराज २ थान, कुर्ची २०, स्टाफ टेबल ४, राउण्ड टेबल २०, २ सय बर्गमिटर कार्पेट, पिफर्म २ बण्डल, डोर म्याट ६ थान, भलिबल ८ थान, फुटबल ८ थान, व्याडमिन्टन ४, ड्रम सेट १, भित्ते घडी ६, नेपालको झण्डा ४ र विवि ब्लक ९ थान हस्तान्तरण गरिएको छ । त्यस्तै ग्लोब ४ थान, प्रअ कुर्ची १, लङस्केल २ दर्जन, पंचिङ मेसिन ४ थान, ठूलो पंचिङ मेसिन १, स्टाप्लर मेसिन ४ थान, बृहत सामान्य ज्ञान २, शिक्षा नियमावली २, नेपालको संविधान २, नेपाली र अंग्रेजी शब्द कोष २/२ थान हस्तान्तरण गरिएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष विकाउलाल यादवको अध्यक्षता एवम् गाउँपालिकाका अध्यक्ष शाहको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष शाहले नरैनापुरको शैक्षिक स्तर सुधार्न आफू रातदिन लागेको बताउँदै शिक्षण क्रियाकलापमा सहयोग पुग्ने गरी मुख्यमन्त्री रोजगार कार्यक्रमले शैक्षिक एवम् प्रविधिजन्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सबै मिलेर नरैनापुरको शैक्षिक मुहार फेर्न कम्मर कसेर लाग्नुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले अभिभावक, विद्यार्थी र शिक्षकको उचित समन्वयले मात्र शैक्षिक विकास सम्भव भएको बताउँर्दै पढाईको गुणस्तर बृद्धिका लागि सबै गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा आदर्श माविका प्रधानाध्यापक त्रिलोकीनाथ मौर्य, गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्र, नेपाल रेडक्रस सोसाइटी उपशाखा गंगापुरका सभापति शालिकराम साहु, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका प्रतिनिधि प्रमोद मिश्रले बोल्नुभएको थियो ।