Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रिययुवा संघ बाँकेको  अध्यक्षमा कुस्माखर बस्याल चयन 

युवा संघ बाँकेको  अध्यक्षमा कुस्माखर बस्याल चयन 

facebook sharing button
messenger sharing button
twitter sharing buttonprint sharing buttonनेपालगन्ज /  नेकपा एमालेको भात्रृ संगठन युवा संघ बाँकेले जिल्ला कमिटी गठन गरेको

अध्यक्षमा कुस्माखर बस्याल सहित ५७ सदस्यीय नयाँ जिल्ला कमिटि गठन गरेको हो । युवा संघ बाँकेको शुक्रबार नेपालगंजमा सम्पन्न भेलामा निवर्तमान अध्यक्ष किशोर थापाले नयाँ कार्यसमितिका नामावली बाचन गर्दै युवा संघ बाँकेको नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।

  1. युवा संघ बाँकेको अध्यक्ष कुस्माखर बस्याल
    युवा संघ बाँकेको नयाँ कार्यसमितिको अध्यक्षमा कुस्माखर बस्याल, उपाध्याक्षहरुमा मिलन शाह र राजु तामाङ रहेका छन् भने सचिवमा सुनिल रसाइली चयन भएका छन् ।

त्यस्तै सहसचिव र कोषाध्यक्षमा क्रमश कलाममुद्दिन मनिहार र हेमन्ता चौधरी चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता तथा प्रमुख अतिथि रत्न खत्रीले एमाले कसैको पेवा नभएको र एमाले र एमालेको भातृ संगठनमा आफ्ना भाइ भतिजा भर्ने सोच भएकाहरुले प्राइभेट कम्पनी खोल्न र भर्ती गर्न कटाक्ष गरेका छन् ।

नेता खत्रीले बाँकेको पछिल्लो घटनाक्रमलाई लक्ष्यित गर्दै रहरले होइन चुनाव जितेर अध्यक्ष, उपाध्यक्ष र सचिव हुन समेत चेतावनी दिएका छन् । उनले अगाडि भनेका छन् (रहर नै लागेको भए आफ्नो घरको कोठामा अध्यक्ष, उपाध्यक्ष वा सचिव लेखेर बस्न चेतावनी दिएका थिए ।
त्यस्तै युवा भेलामा बोल्दै नेकपा बाँकेका युवा नेता किशोर थापाले बाँकेका युवा संघका साथिहरुले देशकै नमुना कमिटिको रुपमा कार्य गर्नु हुने बिश्वास लिएको बताएका छन । त्यस्तै युवा संघ नेपालगन्ज कमिटिको अध्यक्ष र सचिवमा क्रमश प्रविण बिसि र जीवन रावल, कोहलपुर नगर कमिटिको अध्यक्ष र सचिवमा क्रमश दिपेन्द्र कुवर , खजुरा गाउँपालिका कमिटिको कमिटिको अध्यक्ष र सचिवमा क्रमश बिकास काउचा मगर र महोन भण्डारी , बैजनाथ गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश प्रेम बिष्ट र राजेन्द्र शाही, जानकी गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश केशब शर्मा र प्रदिप पाल, राप्तिसोनारी गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश समीर बिष्ट र पार्वती खड्का बटाला , डुडुवा गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश कैलाश किशोर मिश्र र हुसेन खाँ र नरैनापुर गाउँपालिका कमिटिको अध्यक्ष र सचिवमा क्रमश गुरु वचन र सन्दिप आर्या चयन भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments