कुशल दलामी बैजनाथ ३ बैशाख
बैजनाथ गाउँपालिका वडा न ६ निवासी दिल विश्वकर्मालाई बैजनाथ गाउँपालिका स्तरीय खेलकुद संचालन कार्य विधि २०७७ को परिच्छेद ३ को उप दफा १ बमोजिम खेलकुद विकास समितिको संयोजकमा शुक्रबार जिम्मेवारी प्रधान गरिएको गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले हस्ताक्षर गरेको मनोनयन पत्रमा उल्लेख गरिएको छ।
गाउँपालिका स्तरीय खेलकुद विकास समितिको संयोजकमा मनोनयन भएका विश्वकर्माले स्थानीय बैजनाथ सरकारले प्रदान गरेको जिम्मेवारी सफलता पुर्बक बहन गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ।
मनोनित विश्वकर्मा २०५० सालमा स्थानीय ज्वाला स्पोर्ट क्लब का सचिव बाट शुरूवात गरेको खेल जिबन निकै रोमाञ्चक रहेको उहाँ बताउनु हुन्छ ।उहाँले २०५४ सालमा नव जागरण युवा क्लबको कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हाल्नुभएको विश्वकर्मा हाल बैजनाथ गाउँपालिका ६ को न्यु जर्नी स्पोर्ट्स क्लबको संरक्षक समेत रहनु भएको छ।
बिगत लामो समयदेखि खेलकुद देखी समाजसेवामा निरन्तर लागिरहेका विश्वकर्माले जुन जिम्मेवारी सम्हालेपनि सफलता पुर्बक निर्बाह गरेको ईतिहास छ उदाहरणका लागी गौथली सामुदायिक बन एउटा झोले रजिस्टर देखी कार्यालय भवन निर्माण ब्यवस्थापन होस चाहे गाउँलाई खुल्ला दिशा मुक्त गर्न चाहे त्यो खेलकुदमा सबैमा जहाँ जुन जिम्मेवारी सम्हालेपनि कुशलता पुर्बक आफ्नो जिम्मेवारी निर्बाह गर्ने एक असल युवा समाजसेवी खेलप्रेमी हुनुहुन्छ ।
बैजनाथ गाउँपालिका मात्र नभएर जिल्लामै आफ्नो स्वच्छ छवी बनाउन सफल दिल विभिन्न संन्चारमाध्यमहरुमा आवद्ध भएर समेत समाजको बारेमा कलम चलाएका उहाँ अब भने नयाँ जिम्मेवारी सायद उहाँका लागी अझै आफुलाई अब्बल साबित गर्न समाज र युवाहरूलाई जसरि मन जित्न सफलहुनुहुन्छ ।
त्यो साबित गर्ने र युवालाई खेलकुदमा प्रोत्साहन गर्न सफलता नै मिल्ने उहाँ बताउनु हुन्छ।