बैजनाथ सम्बादाता
शुक्रबार १७ बैशाख
बाँके जिल्ला थारु कल्याणकारिणीसभा अध्यक्ष बिनोद थारु शुक्रबार पिपिई लिएर भेरी अस्पताललाई सहयोग गर्न पुग्नुभएको छ। अध्यक्ष थारुले तत्काल चिकित्सकहरुलाई आवश्यक १५ थान पीपीई अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।
थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले भेरी अस्पतालका प्रमुख डा. प्रकास थापा र अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताल मार्फत अस्पताललाई पीपीई हस्तान्तरण गर्नुभएको हो।
भेरी अस्पतालमा उपचारमा सघाउ पुर्याउनका लागि अस्पतालले सबैलाई सार्बजनिक रुपमा अपिल समेत गरेको छ । सो कुराको मनन् गर्दै थारु कल्याणकारिणी सभा बाँकेले पिपीई सहयोग गरेको हो ।
भेरीमा शुक्रबार सम्म २ सय ४४ जना कोरोनाका बिरामीहरु छन् । जसले गर्दा उपचारका लागि सबै समाग्रीको अवाश्यक परिरहेको छ । भेरीमा क्षमता भन्दा बढि बिरामी आउँदा हाल अन्य वार्डमा पनि बिरामीहरु राखेर उपचार गर्नु परेको अस्पताल प्रमुख डा.प्रकाश थापाले बताउनुभयो।
जसले गर्दा अस्पतालको अन्य उपचार सेवा पनि प्रभाबित भएको छ । पीपीई हस्तारन्तरणमा अस्पताल बिकास समितिका सदस्यद्धय कृष्ण प्रसाद श्रेष्ठ, धनराम वली, थारु कल्याणकारिणी सभा नगरसभा नेपालगन्जका अध्यक्ष बासमति थारु, सचिव सम्भु थारु लगायत्को सहभागिता थियो ।



 
                                    