बैजनाथ सम्बादाता शुक्रबार ३१ बैशाख
बाँकेको नेपालगन्जमा कोरोना कोभीड १९ बाट संक्रमण संक्रमित पीडितहरु वृद्धि संगै सहयोगी हाथहरु बढीरहेको पनि देख्न सकिन्छ । शुक्रबार थारु कल्याणकारी सभा बांके र थारु कर्मचारी संघकाे पहलमा आज १०० सय पेटी पानी सहयोग गरेको छ । कल्याणकारी सभाका बाँके अध्यक्ष विनोद थारु, नगर अध्यक्ष बास्मती चौधरी र थारू कर्मचारी संघ बाँके काे अध्यक्ष जीत बहादुर चौधरी वरिष्ट उपाअध्यक्ष कुल्लाराम थारू उपस्थितमा अञ्जनी माता रसोइलाई १०० पेटी पानी प्रदान गरेको हो । बाँकेमा कोरोना महामारीबाट पीडितहरुलाई सहयोग गर्दै आएको अञ्जनि माता रसोइ घरलाई सहयोगदाताहरु सहयोग दिन शुरु गरेका हुन । सोहि क्रममा थारु कल्याणकारी सभाका अध्यक्ष बिनोद थारु भन्नुहुन्छ :- हामी अहिले आफ्नो प्रयासले सके जति सहयोग गरेका छौँ । अध्यक्ष बिनोद थारुका अनुसार अब थारु कर्मचारी संघ यसारि नै सहयोग गर्दै सक्रिय रहन सुझाव दिए । अहिले थारु समुदायलाई राज्यले बेवास्ता गरे पनि हामी सबै कोरोनालाई पराजित गरेरै छाडने कुरा सबै जना सकारात्मक सोच उच्च मनोबलका लागि पर्ने बताउनु भयो ।भेरी अस्पतालमा अहिले अञ्जनी माता रसोईले बिहानको खाना रु २० र रात्रिमा रु ८० मा उपलब्ध गराउदै छ । कोरोना संक्रमणका कारण आईर्सोलेशनमा रहेका विमारीहरुलाई निशुल्क पानी सहयोग गर्दै आएको छ।


 
                                    