जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं १ अनापानीमा बिहिवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको वडा स्तरीय आयोजित कार्यक्रममा ने क पा एमाले र नेपाली काङ्ग्रेस परित्याग गर्ने नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य एवं युवा नेता ईन्द्र प्रशाद शर्मा (प्रशान्त) को अगुवाईमा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य राममाया शाही हमालले स्वागत गर्नुभएको थियो। यसरी लामो समयदेखी आफ्नो पार्टीले आफुहरुलाई सम्बोधन गर्न नसकेकोले अब नेकपा माओवादी केन्द्रले जनताको भावना अनुसार काम गरेकोले प्रबेश गरेको बताए।नेकपा एमाले र नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेशको लहर नै चलेको छ।बिहिवार मात्र नलगाड नगरपालिका १ अनापानीमा ३० जना नेता कार्यकर्ता प्रबेश गरेका हुन् ।
नेकपा एमाले नगर कमिटी सदस्य प्रकाश पुन सर्बजित पुन वडा कमिटीका अध्यक्ष बिरेन्द्र पुन गएको स्थानीय चुनावमा नेकपा एमाले पार्टीको वडा सदस्यमा उम्मेद्बार उठ्नु भएकि मोतिकला परिवार र नेपाली कांग्रेस परित्याग गरि निता राणा लगायत ३० जनालाई नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य एवं युवा नेता ईन्द्र प्रशाद शर्मा (प्रशान्त) नेकपा माओवादी केन्द्र जाजरकोट जिल्ला सचिवालय सदस्य राममाया शाही हमालले नब प्रबेशिहरुलाई दोसल्ला द्वारा सम्मान सहित अबिर लगाएर स्वागत गर्नुभएको हो।
नेकपा माओवादी केन्द्र जनताको पार्टी हो यसमा आवद्ध सबैलाई पार्टीले हरेक शुख दु:खमा साथ दिने प्रतिबद्धता सहित नेकपा माओवादी पार्टीको बिचार मनपराएर प्रवेश गर्नु हुने सम्पुर्ण नव प्रबेसिलाई विशेष स्वागत गर्दै आवश्यकता अनुसार उचित स्थान समेत पार्टीले प्रदान गर्ने युवा नेता शर्माले बताउनु भयो ।पार्टीको संगठन बिस्तार तथा प्रबेश कार्यक्रम यसैगरी नलगाडका सबै वडाहरुमा रहेको सचिवालय सदस्य हमालले जानकारी दिनुभयो ।