सुर्खेत २४ साउन
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आइतबार जाजरकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर क प्रदेश सभा सदस्य माननीय गनेश प्रशाद सिंहको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य हरिभक्त नेपालीको नेतृत्वमा जाजरकोट जिल्ला अध्यक्ष ढकबिर राना जिल्ला सदस्य बबिता चनारा नेता बिरेन्द्र राज सुनार, वाईसीएल केन्द्रिय सदस्य मोहित बि क लगाएतका ब्यक्ति को सहभागितामा जाजरकोटि जनताको तर्फबाट मुख्यमन्त्री शाहिलाई बिकाश बजेट सम्बन्धि ध्यानाकर्षण पत्र हस्तान्तरण गरियो।
ध्यानाकर्षणमा जाजरकोट जिल्लाका स्थानीय नागरिकको आवश्यकता अनुसार विभिन्न योजनाहरुको माग गरिएको छ।मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई कुशे गाउँपालिका लाई प्रदेश बाट बिशेष बजेट ब्यवस्थापन गरिदिन नेपालीले आग्रह गर्नुभएको छ भने आफू जहिलेपनी नागरिकहरुको हक र हितमा लागिरहेको र आवश्यकता अनुसार प्राथमिकतामा परेका कुशे गाउँपालिकाका योजनाहरुलाई बजेटको ब्यवस्थापन गर्ने मुख्यमन्त्री शाहिले प्रतिबद्धता जाहेर गर्नुभएको वाईसीएल केन्द्रिय सदस्य मोहित बि क ले जानकारी दिनुभयो ।