जाजरकोट २२ भदौ
खलंगा । जाजरकोटमा दुई वडाध्यक्ष सहित १० जना जनप्रतिनिधीले नेकपा (एकिकृत समाजवादी) रोजेका छन्। निर्वाचन आयोगले जनप्रतिनिधीले दल रोज्न पाउने अन्तिम दिन (मंगलबार) सम्म मिति तोकेकोमा (नेकपा एकिकृत समाजवादी) रोजेका हुन् । जिल्लाका सात वटा स्थानीय तह मध्ये ३ स्थानमा एमालले स्थानीय तहमा प्रमुख पद जितेको थियो।
नेकपा एकिकृत समाजवादी दलमा सनाखत गर्ने प्रतिनिधीहरुमा छेडागाड नगरपालिका १ का वडाध्यक्ष गणेश जैसी,२ नं. वडाध्यक्ष बालकृष्ण बुढा छेडागाड नगरपालिका १ का कार्यपालिका सदस्य गौरी कामी,सदस्य वीरबहादुर बुढा,वडा नं २ का सदस्य कौशिला सुनार,साउनी बुढा छेडागाड नगरपालिका ५ वडा सदस्य रामप्रसाद जैसी,वडा ६ बाट कार्यपालिका सदस्य चन्द्री रावत,वडा नं १ कार्यपालिका सदस्य गंगा नेपाली, कुशे वडा नं ५ सदस्य शुसीला कामी लगाएतले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
पत्रकार सम्मेलनमा नेकपा (एकिकृत समाजवादी) का नेता कृष्ण विसीले नयाँ पार्टी व्यक्तिवादी प्रवृतिलाई परास्त पार्न खोलिएको बताए । उनले भने,पार्टी भित्र एकलौटी निर्णय गर्ने,पार्टीलाई सक्ने,संविधानलाई परास्त पार्न खोज्ने केपी वलीले गरेको प्रतिगमनलाई तह लगाउन नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरिएको बताए। आगामी चुनावमा समेत चुनावी तालमेल गरेर अन्य दलहरुसंग चुनावी मोर्चा बनाएर मैदानमा उत्रने समेत विसीले पत्रकार सम्मेलनमा बताए ।