कोहलपुर
बाँके जिल्लाको कोहलपुर नगरपालिका ५ निवासी सर्मिला मल्ल ४० नेपाली काङ्ग्रेस कोहलपुर नगरपालिका ५ नम्बर वडा सदस्य र ५ बर्ष कोषाध्यक्ष भएर पार्टीको संगठन बिस्तार गर्ने देखि नेपाली काङ्ग्रेस भातृ संगठन क्षेत्र नम्बर १ को क्षेत्रीय महिला सदस्यमा बहाल हुनुहुन्छ हाल नेपाली काङ्ग्रेसको महाधिवेशनलाई केन्द्रित गर्दै मल्ल भन्छिन कार्यकर्तालाई पार्टीमा लगानीको आधारमा जिम्मेवारी प्रधान गरिनुपर्छ अन्यथा पार्टी बन्दैन भन्छिन् ।
बिगत १५ बर्ष देखि नेपाली काङ्ग्रेसमा क्रियाशिल भएर पार्टीमा लागि पर्नु भएको छ।राम चन्द्र पौडेल र शेर बहादुर देउवा को अलग अलग प्यानल भए जस्तै बाँकेको कोहलपुर नगरपालिकामा पनि नारायण गौडेल र माधबराम खत्री दुई प्यानल देखिँदा स्थानीय स्तरमा १६ जना निर्वाचनमा गए पनि
क्रियाशिल १५७ जना मध्ये १६ पदका लागि निर्वाचन हुन्छ। दुबै प्यानलको भाग बन्डा नमिल्दा प्रतिस्पर्धामा अगाडि जाने सर्मिला मल्लको भनाई रहेको छ । लामो समयसम्म पार्टीमा क्रियाशिल भएर लागेका कार्यकर्तालाई माथिल्लो तहका नेताहरुले कार्यकर्ताको दक्षता क्षमताको आधारमा पार्टीमा स्थान दिनुपर्ने मल्ल बताउछिन् ।