कोहलपुर असोज ४
बाँकेको कोहलपुर नगरपालिका वडा न ५ स्थित नेपाली काँग्रेस वडा कमिटीले नेपाली काँग्रेस महाधिवेशनको लागि उम्मेदवारी घोषणा गरेको छ । सोमबार कोहलपुरमा एक कार्यक्रमको आयोजना गरेर उम्मेदवारीको घोषणा गरिएको हो । वडा न को सभापतिमा अमृत श्रेष्ठ उपसभापतिमा चन्द्रकला भुसाल,लाल प्रसाद पौडेल सचीवमा उदिप बाबू रेग्मी ,गंगा बहादुर डागी सहसचिवमा दिपक शाही र विमल शर्मा रहेका छ्न । त्यस्तै समितिको खुल्ला सदस्यमा हरि बहादुर रेउले,कृष्ण बहादुर अधिकारी शिव कुमारी श्रेष्ठ ,भागीराम अधिकारी,विश्वनाथ सिग्देल ,लौटनिया थारु,एकेन्द्र बोहरा ,खुल्ला महिला समावेशी तर्फ बन्धिया थारु र दिप कुमारी थापा रहेका छ्न ।
त्यस्तै नगर प्रतिनिधिहरुमा अभयराज आचार्य ,अनिल आले ,हिरा केसी रहेका छ्न । त्यस्तै क्षेत्रीय प्रतिनिधिहरुमा राम बहादुर मल्ल,अक्कल बहादुर अधिकारी ,कृष्ण आचार्य,शर्मिला मल्ल, दिलिप अर्याल ,सन्तराम थारु,महिला खुल्ला तर्फ नारायणी घिमिरे, लक्ष्मी गिरी,खिमा रिजाल,महिला समाबेसीतर्फ केशु काफ्ले ,जनजातीतर्फ दिपक कुमार राइ रहेका छ्न ।
उम्मेदवारी घोषणा कार्यक्रममा सम्बोधन गर्दै ट्रेड युनियन बाँकेका अध्यक्ष राम बहादुर मल्लले नेपाली काँग्रेसका स्थानीय नेताहरुले आफुहरुसंग कुनै सहकार्य नगरेर पार्टीको विधि बिधान र मुल्यमान्यता बिपरित नेतृत्व चयन गर्न खोजिएको साथै पार्टीका लोकतान्त्रिक मुल्य मान्यतालाई ब्यवस्ता गरि परम्परागत राजनीतिक संस्कारको बिकास गर्न खोजिएकोले पार्टीका बिचार र आदर्शलाई जिबन्तराख्नका लागि यो टिमको घोषणा गरिएको मल्लले बताए।
साथै छलकपट गरेर उम्मेदवारी घोषणा गरिएकोले आफुहरु बाध्य भएर उम्मेदवारी घोषणा गर्नु परेको बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले नेताहरूले आफुहरु संग कुनै समन्वय नगरी मनोमानी ढंगबाट उम्मेदवार छनौट गरेकोमा आफुहरु असन्तुष्ट पक्षका उम्मेद्बार दिपक कुमार राईले जानकारी दिए।