Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजसंगठन विस्तार गर्न अनेम संघ इन्चार्ज रेणु खड्काको निर्देश

संगठन विस्तार गर्न अनेम संघ इन्चार्ज रेणु खड्काको निर्देश

नेपालगन्ज ७ असोज

नेपालगन्ज : अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाँकेका इन्चार्ज रेणुका खड्काले महिला संगठन निर्माण तथा सुदृढिकरणका लागि नै बाँकेमा अभियान सञ्चालन गर्न आफु मातहतका नेता कार्यकर्तालाई निर्देशन दिएकी छन ।

महिला संगठन सुदृढ र विस्तारका लागि भेला, प्रशिक्षणका साथै सदस्यता वितरण प्रक्रियालाई समेत व्यापक बनाएर अघि बढ्न संघमा आबद्ध महिला नेता तथा कार्यकर्ता एंव सदस्यलाई निर्देशन दिएकी हुन ।
‘एकतावद्ध महिला संगठन सुदृढ र विस्तार गर्दै महिलाहरुलाई जागरूक पारौ !! संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै समाजवादको लक्ष्यमा अघि वढौ’ ! भन्ने मुल नारा सहित संघले देशव्यापी आयोजना गरेको अभियानका सम्बन्धमा बिहीबार सेतोखरी मिडियासँग कुराकानी गर्दे इन्चार्ज खड्काले यस्तो निर्देशन दिएकी हुन ।

संघको केन्द्रीय समितिले स्थानीय सरकारका सबै पालिका र जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र वुझाउदै “बिज“ (विस्तार तथा जागरण) अभियान थालनी गरेको उनले जानकारी दिइन ।
यसैअनुासर यसअघि बाँके प्रशासन, लगायतका यहाँको नेपालगन्ज उपमहानगरपालिका सहितका स्थानीय तहमा अभियान सफल भएको र यी तहमा विभिन्न मागसहित ज्ञापनपत्र पनि बुझाईएको खड्का बताउँछिन ।

बाँकेमा चलिरहेको अभियानका थप उत्साहकासाथ अघि बढ्ने बताउँदै इन्चार्ज खड्काले बाँके प्रशासन तथा स्थानीय तहमा बुझाईएको ज्ञापनपत्र कार्यान्वयनका बिषयमा अभियानकै क्रममा संघले अनुगमन समेत गर्ने कार्यक्रम तय गरेको बताइन ।
संविधानमा आमाको नाममा नागरिकता दिने ब्यबस्था भए तापनि अझै कानून बन्न नसकेकाले धेरै नागरीकहरू नागरिकता लिनबाट बञ्चित हुनु परेको अबस्थामा संघले राखेका यी मागका बिषयमा सम्बन्धीत निकाय तत्काल गम्भीर हुनुपर्ने इन्चार्ज खड्काको भनाई छ ।

अभियान अन्तर्गत कोहलपुर नगरपालिकाका १५ वटै वडामा अनेम संघ क्रान्तिकारीको भेला प्रशिक्षण तथा सदस्यता बितरण कार्यक्रमलाई तिब्रता दिइएको छ । अभियान अन्र्तगत कोहलपुर नगरपालिकाको ८ मा १९ सदस्यीय र २ मा ३५ सदस्यीय वडा कमिटी समेत गठन गरिसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments