Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजखेलकुदखेलकुद मन्त्री गहतराजकाे प्रस्तावमा खेलाडीलाई ५ लाख दिने क्याविनेट निर्णय

खेलकुद मन्त्री गहतराजकाे प्रस्तावमा खेलाडीलाई ५ लाख दिने क्याविनेट निर्णय

काठमाडौं। सरकारले साफ उपविजेता नेपाली फुटबल टिमका सदस्यलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय गरेकाे छ। आज बसेका मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजकाे प्रस्तावमा क्याविनेटले निर्णय गरेकाे एक मन्त्रीले समाचार दैनिकलाई जानकारी दिए। माल्दिभ्समा सम्पन्न साफ फुटबलमा नेपालले इतिहास रच्दै फाइनलसम्मकाे यात्रा तय गरेकाे थियाे । फाइनल भिडन्तमा भने नेपाल भारतसंग पराजित भएकाे थियाे। साफमा नेपालले गरेकाे प्रदर्शनकाे उच्च प्रशंसा गर्दै मन्त्री गहतराज आज खेलाडीलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए। त्यस्तै प्रशिक्षकहरुलाई पनि जनही ३ लाख दिने निर्णय भएको उहाले बताउनुभयो । बैठकले मोहम्मद जयन्तीका अवसरमा कार्तिक २ गते मुस्लीम समूदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । अवुधाबी डायलगको छैटौ मन्त्रिपरिषद् परामर्श बैठकमा सहभागी हुन श्रममन्त्रीलाई स्वीकृत दिने निर्णय पनि बैठकले गरेको छ भने बिभिन्न मन्त्रालयहरुमा अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै बैठकले बित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले लोकसेवा आयोग र बढुवा समितिको सिफारिस अनुसार राजपत्राङ्कित प्रथम श्रेणीका बिभिन्न पदहरुमा नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments