नेपालगन्ज : स्थानीय निर्वाचनमा युवाहरूको मोह देशब्यापी रूपमा देखिए संगै लामो समय विद्यार्थी राजनीतिका धरोहर युवा टेकेन्द्र मल्लले आफ्नो उम्मेदवारी दर्ता गराए। बाँके जिल्ला संगै सिमाना जोडिएको बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा उम्मेदवारी दिए लगतै यस्तो घोषणा गर्नुभएको हो ।
१) शिक्षा :
* १ कक्षा देखि १२ कक्षा सम्म पुर्ण रूपमा निशुल्क शिक्षा उपल्ब्ध गराउने ।
* पहिलो वर्ष, १ कक्षा देखि ५ कक्षा सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराउने त्यसगरी क्रमश ५ वर्ष भित्र १० कक्षा सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराईने ।
* ५ कक्षा देखि १० कक्षा सम्म अनिवार्य कम्प्युटर शिक्षा अध्यापन गराईने ।
* माध्यमिक तहका बिधार्थिहरुलाई हप्ताको २ दिन सिपमुलक कामहरु सिकाउने ।
* हप्ताको एक दिन खेलकुद कार्यक्रम राख्ने
* प्रत्यक महिनाको अन्तिम शुक्रबार अनिवार्य रुपमा अभिवावकलाई बिधालयमा बोलाई बिधार्थिको प्रगति बिबरणका विषयमा छलफल गर्ने
* बिधालय परिसर भित्र अनिवार्य रुपमा लाईब्रेरीको राम्रो व्यवस्थापन गर्ने
* बिधालय परिसर भित्र स्वच्छ पानी र सफा शौचालयको व्यवस्थापन गर्ने
* बिधालयमा कर्मचारी राख्दै गर्दा स्वस्थ प्रतिस्पर्धाबाट राख्ने । स्थानिय बासिन्दालाई पहिलो प्राथमिकतमा राख्ने ।
* एस ई ई दिएका बिधार्थिहरुका लागि सबै खाले प्राविधिक शिक्षा नगर भित्रै उपलब्ध गराउने ।
* जेहनदार इमानदार अनुशासित मेहनति र प्रतिभा भएका बिधार्थिहरुको छनोट गरी उनिहरुलाई उच्च शिक्षाका लागि क्षात्रवृत्ति उपलब्ध गराउने
* आधारभुत तहमा स्थानिय पाठ्यक्रम समावेश गर्ने
* पढाई पनि रोजगार पनि कार्यक्रम संचालन गर्ने
* बिधार्थिहरुलाई नयाँ खोज र आविस्कार संग जोड्न प्रत्यक हप्ताको एक दिन विज्ञान प्रदर्शनी कार्यक्रम संचालन गर्ने ।
* निजि बिद्यालयहरुलाई स्थानीय वडा सरकारले शिक्षा कार्यबिधी बनाएर मर्यादित र ब्यवस्थित गरिने
२) स्वास्थ्य
* अशत्त,असाय,अपाङ्ग ,र वृद्दवृद्दाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने ।
*आधारभुत स्वास्थ्य सेवा र स्वास्थ्य चौकिहरुमा आवश्यक कर्मचारीहरु छनोट गर्दा स्थानिय बासिन्दालाई पहिलो प्राथमिकता राख्ने ।
* ब्लड बैंकको स्थापना गर्ने
* वडा बासीको निशुल्क स्वास्थ्य बिमा गरिदिने
३) रोजगार र कृषि :
* स्थानिय बासिन्दालाई पहिलो प्राथमिकता दिने ।
* सिपमुलक निशुल्क कार्यक्रमहरु संचालन गर्ने
* कृषि क्षेत्रमा आबद्द युवाहरुलाई कृषि अनुदान ( कृषि सामाग्रीहरु ) दिएर प्रोत्साहन गर्ने
* हरेक वर्ष किसानहरुलाई सुपथ मुल्यमा मल, बिउबिजन र किटनाशक औषधि उपलब्ध गराउने
* हरेक किसानको खेत खेतमा पानी उपलब्ध गराउन हरेक गांउ र टोलहरुमा नहर र नहरको शाखाहरु बिस्तार गर्ने
* प्राकृतिक प्रकोपका कारणले अन्नबालीको क्षति भएमा मुल्यांकनका आधरमा उचित क्षतिपूर्ति उपलब्ध गराउने
* हरेक किसानको निशुल्क कृषि बिमा गरिदिने
* कृषि क्षेत्रमा आधुनिकरण भित्र्याउन कृषि क्षेत्रलाई नंया प्रविधि संग जोड्ने
* जनतालाई उधमशिलता संग जोड्न साना तथा घरेलु उधोग संचालनमा जोड दिने।
* स्थानीय स्तरमा उद्योग स्थापना गरेर युवाहरूलाई रोजगारीको ग्यारेन्टी गरिने ।
* युवाहरूलाई प्राविधिमा जोड्न फ्री वाईफाई हरेक चोक चोकमा ब्यवस्थापन गर्ने ।
* शुद्ध खानेपानी एक घर एक धारा अवधारणा पूरा गरीने।
* महिलाहरुलाई उद्यमशिल बनाएर आत्मनिर्भर बनाउने ।
* अति बिपन्नलाई पहिचान गरेर बर्षमा घर स्थानीयलाई वडाले निर्माण गरिने।
* स्थानीयलाई रातमा आवत जावत गर्न सहजताका लागि एक पोलमा एक सडक बत्ति जडान गरिने।
लगाएत नेकपा एकीकृत समाजवादीले गरेको घोषणा पत्रमा गरिएको घोषणा स्थानीय वडामा लागू गरिने प्रतिबद्धता जाहेर गर्दछु।नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववयू केन्द्रिय सचीव तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हुनुहुन्छ । मिजासिलो मिलनसारका मल्ल बिद्यार्थि राजनीतिमा सक्रिय रूपमा १३ बर्ष देखि होमिएका प्रत्यक्षरुपमा स्थानीय नागरिकलाई सेवा गर्न मुलधारमा आउनुपर्ने भएकाले अबको समय जनताको बिचमा रहेर सबैभन्दा नजिकको सरकार आफ्नो रोजाइमा परेको बताउनुभयो ।