बैजनाथ सम्बादाता
बाँकेको बैजनाथ गाउँपालिका ५ मछेडा गाउँ निवासी वलिराम थारु राम लौटन थारु नेपाली काङ्ग्रेस प्रवेश गरि नेकपा माओवादी केन्द्रमा बैजनाथ ५ वडा अध्यक्षका उम्मेदवार देब बहादुर रावत लगाएत नेताहरुले टिका लगाएर स्वागत गर्नुभएको छ।त्यसैगरी नेकपा एमाले परित्याग गरेर राधेश्याम थारु,भिम बहादुर थारु र आशीष थारु पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बैजनाथमा गठबन्धन बाट चुनावी मैदानमा उत्रिएका छन् ।रावत सयुक्त गठबन्धनका साझा उम्मेदवार हुन भने अन्य सदस्यहरु समेत नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हतौडा चुनाव चिन्ह बाट निर्वाचन लड्ने निर्णय समेत भएको जानकारी प्राप्त भएको छ।