चिसापानी । नेपाली कांग्रेस बैजनाथ गाँउपापालिका अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीले एमालेका बैजनाथ अध्यक्षका मान बहादुर रूचालले विकास निर्माणका अधुरा छोडेका कामहरू पूरा गर्ने बताएका छन् ।
शनिबार चिसापानीमा र्यालीलाई सम्बोधन गर्दै शाहीले बैजनाथ पालिकामा अघिल्लो पालिका सरकारले गरेका राम्रोकामलाई अघि बढाउने समेत बााचा गरे ।शाहीले भने, पालिकाका रहेका राम्रा कामलाई अघि बढाउनेछु । अधुरा कामलाई विचमै रोक्ने छैन् ।
शाहीले बैजनाथमा पालिका सरकारले जति विकास गर्नु पर्ने थियो सो अनुसार काम गर्न नसकेको बताउदै बैजनाथ बासीले साथ दिए जनताको चाहान अनुसार काम गरि समृद्ध बैजनाथ बनाउने बताउनुभयो ।