Thursday, February 6, 2025
spot_imgspot_img
Homeबिबिधकर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

हेमन्त केसी
सुर्खेत , १५ असार: जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेश स्तरिय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ । प्रयोगशाला राख्नका लागि भवनको काम देखि अन्य आवश्यक खरिदको काम सुरु गरेको छ ।
उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम नभएको भन्दै जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनमा लागि आवश्यक पर्ने सबै कार्यहरु सुरु गर्न लागिएको बताए । त्यस्तै मन्त्रालयले पानी परीक्षणको मोवाइल भ्यानको समेत व्यवस्थापन गर्न लागिएको छ । माल भएर पनि चाल नपाउने अवस्थामा सिर्जना भएको भन्दै पानी परीक्षणको काम व्यवस्थित अत्यधुनिक भवन निर्माण गरी तत्काल सुरु गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताए ।
२ करोड रुपैयाँमा काम सुरु गरिएको छ । १० जिल्लामा किट बक्स सहितको पानी जाँच गर्ने उपकरण पठाएर शुद्ध पानी मापनको काम सुरु गरेको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले मानव जीवनसँग जोडिएको पानी जस्तो महत्वपूर्ण पाटोलाई व्यवस्थित गरेर लैजाने उदेश्यका साथ काम भइरहेको प्रमुख शर्माले बताए । अहिले जिल्लाका जुनसुकै ठाउँमा पानी जाँच गर्नका लागि स्थानीयबासीद्धारा आग्रह आउन वित्तिकै तत्काल पानीको अवस्था पत्ता लगाउने काम सुरु भएको उनले बताए ।
१० जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था एकै पटक पत्ता लगाउन र सूचना आदान प्रदान छिटो छरितो संम्प्रेशन गर्नका लागि एन वास अप्लिकेशन प्रशिक्षक तालिम दिएर सुरु गरिएको छ । कर्णाली पानीको लागि राम्रो क्षेत्र मानिएपनि शुद्धीकरण गरेर पिउने कार्य अझै व्यवस्थित नहुँदा पानीकै कारण धेरैलाइ समस्य परिरहेको भन्दै सो समस्य समाधान गर्न पहल गरिएको छ ।
वर्षेनी भारी मात्रामा खानेपानीका योजनाहरु निर्माण हुने तर पानी शुद्धीकरणको अवस्था जानकारी नहुँदा समस्य भोगीरहेको तथ्य हाम्रो सामु रहेको भन्दै मन्त्री सिंहले आयोजना निर्माणका साथै पानीको शुद्धिकरणलाइ समेत महत्वपुर्ण पाटोको रुपमा लिएको बताए ।
बर्षायाममा फोहर पानीका कारण धेरैलाइ झाडापखाला तथा पानीजन्य रोग लाग्ने भएकाले सबैलाइ समेत रहेर पानी शुद्धिकरण गरेर मात्र पिउन आग्रह मन्त्रालयले गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments