Thursday, February 6, 2025
spot_imgspot_img
Homeसमाजखेलकुदशैक्षिक गुणस्तर सुधार गर्न छट्के अनुगमनमा उपाध्यक्ष:रोकाय

शैक्षिक गुणस्तर सुधार गर्न छट्के अनुगमनमा उपाध्यक्ष:रोकाय

बाँके ९ साउन
बाँके जिल्लाको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय सोमबार श्री प्रभात नमुना माध्यमिक बिद्यालयमा पुगेर बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रधानाध्यापक शिक्षक लगाएतसँग बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सल्लाह सुझाव लिनुका साथै नियमित शिक्षक द्वारा अध्यापन गराए नगराएको बारे कक्षाकोठामा पुगेर अनुगमन गर्नुभएको हो।

उक्त अनुगमनमा सामाजिक विकास समिति संयोजक भुमिसरा राना निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्य स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाही महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मि ज्ञवाली लगाएत सरोकारवाला निकाय सहित उपाध्यक्ष अनुगमन गर्नुभएको थियो।सम्बन्धित शिक्षा,स्वास्थ्यको अवस्था बारे जानकारी लिनुभएको थियो भने बालबालिकाहरुको स्वास्थ्य अवस्था पिउनेपानीको अवस्था अपाङ्गमैत्री शौचालय शान्त वातावरणमा पठन पाठन भए नभएको बारे छलफल गरिएको थियो।

सुझाव संकलनका क्रममा उपाध्यक्ष रोकायले कसरी सम्पुर्ण बैजनाथ भरीका बिद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै सामुदायिक बिद्यालयप्रती अभिभावकहरुको रोजाईमा किन कम परेको बारे छलफल गरिएको थियो।
बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष दल बहादुर सुनारले नमुना प्रभातको गुणस्तर वृद्धिमा कुनै शंका नगर्न सुझाव दिदै आफू बि ब्य स अध्यक्ष हुँदा कक्षा १ मा कुल ७ जना बिद्यार्थि भएको र हाल बिद्यार्थि संख्या वृद्धि भएर कक्षा १ मा मात्र १ सय १० बिद्यार्थि पुगेकोमा अब गुणस्तर कायम गर्न नियमित अनुगमन र सल्लाह सुझाव आदानप्रदान गर्नुका साथै बिद्यालयको भौतिक संरचना राम्रो बनाउन आवश्यक रहेको कुरा राख्नुभयो भने देशकै स्थानीय गाउँपालिका मध्ये धेरै जनसंख्या भएको गाउँपालिका भएतापनी एउटा पनि उच्च शिक्षाका लागि क्याम्पस नहुनु दुर्भाग्यको कुरा भएको बताउनुका साथै आधुनिकको नाममा लागत स्टिमेट(DPR) पुरानो प्रयोग हुने गरेको र तिनतलाको भवनमा एउटा पनि शौचालयको ब्यवस्था नहुनु राज्यको नीति नै दुर्भाग्य पुर्ण भएको बताउनु भयो।

लिईएका सुझावलाई सुधार गरेर आवश्यकता अनुसार स्थानीय सरकार बाट हुने सम्पुर्ण कामहरु सहजीकरण गरेर सर्बप्रथम शिक्षित भएपछि मात्र अन्य काम कुरा गर्न सहज हुनेभएकाले पनि शिक्षालाई प्राथमिकतामा राख्ने उपाध्यक्ष रोकायले प्रतिबद्धता जाहेर गर्नुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments