बैजनाथ सम्बादाता
बैजनाथ गाउँपालिकाको हिउँदे अधिवेशन बिहिवार गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको सभाध्यमा भएको हिउँदे अधिवेशन बिहिवार बैजनाथ गाउँपालिकाको सभाहल रामपुरमा सम्पन्न भएको छ।
बैजनाथ गाउँपालिकाको गाउँसभाको उपाध्यक्ष निर्मला रोकाय सदस्य सचीव गंगाराम सापकोटा वडा अध्यक्षहरु क्रमस रुप बहादुर मल्ल,राजु रुचाल,निखिल बैगार,प्रेम बहादुर शाही,देब बहादुर रावत,दिनेश कुमार थारु,भुपाल पुन मगर र भग्गन थारु तथा सभाका सदस्यहरुको उपस्थितिमा बिहिवार दिउँसो १:०० बजे शुरुभएको कार्यक्रममा उपस्थिति रहेको थियो।
बिहिवार बैजनाथ गाउँसभामा नगर प्रहरी र साझेदारी कार्यक्रम सम्बन्धि ऐन सभा समक्ष पेश गरिएको छ भने शिक्षा ऐन र ब्यवायिक कार्यबिधी एवं ऐन पारित गरिएको छ। पारित गरिएका कानुन कार्यबिधी ऐन आगामी गाउँसभा मार्फत सार्बजनिक गरिने छ भने माघ १२ गते दिउँसो २ बजे बस्ने गरि सभाध्यक्ष प्रकाश बहादुर शाहीले सभा स्थगित गर्नुभएको सूचना अधिकृत तप्तराज आचार्यले जानकारी दिनुभयो ।