Thursday, February 6, 2025
spot_imgspot_img
Homeस्थानीयकोहलपुरले ल्यायो १ अर्ब ७ करोड ७४ लाख बजेट

कोहलपुरले ल्यायो १ अर्ब ७ करोड ७४ लाख बजेट

 

बाँके:कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । १३ औं नगर सभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम र उपप्रमुख संगिता सुवेदीले बजेट प्रस्तुत गरेका हुन् ।

कोहलपुरको समग्र विकास र समृद्धिलाई जोडेर नगर प्रमुख आचार्यले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे । उपप्रमुख सुवेदीले आगामी वर्षका लागि एक अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् ।

‘दिगो विकास, सुशासन, तथा समृद्ध नगर निर्माण गर्ने सोच र लक्ष्य’ का साथ नीति तथा कार्यक्रम ल्याइएको छ । ‘सिधा कुरा मेयरसँग’ ‘युवाको जवानी कोहलपुरमा लगानी’, ‘मेरो पहिलो रजश्वला’, ‘विद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउने’, मेरो विद्यालय मेरो जिम्मेवारी’ ‘एक घर दुई विरुवा, हामी आफै कुरुवा’ नागरिकसंग उपमेयर, विद्यार्थीसंग अग्रज, म जिम्मेवार शिक्षक, सरसफाई हाम्रो पहिचान, मेरो फहोर मेरो जिम्मेवारी, महिला तथा जेष्ठ नागरिकसंग उपमेयर जस्ता लोकप्रिय कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन् ।

यस्तै नयाँ बजेटतर्फ संघीय सरकारबाट प्राप्त ५३ करोड ४३ लाख, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान ४ करोड ११ लाख १९ हजार, संघीय र प्रदेशको राजश्व बाँडफाडबाट २५ करोड ९४ लाख ४६ हजार १ सय २२ रुपैया, आन्तररिक राजश्वबाट ११ करोड २८ लाख २० हजार र संचित कोषमा मौज्दात हुन आउने अनुमान ९ करोड ९७ लाख १४ हजार ३ सय ८८ रुपैया गरी १ अर्ब ७ करोड ७४ लाखकोे आय लक्ष्य लिइएको उपप्रमुख सुवेदीले बताइन् ।

संघीय सरकारको सशर्त ३३ करोड ९७ लाख र लुम्बिनी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त १ करोड १० लाखलाई विभिन्न क्षेत्रगत विनियोजन गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments