बैजनाथ सम्बाददाता/कोहलपुर
बाँके:कोहलपुर नगर विकाश समिति तथा कोहलपुर नगरपालिका नगर प्रमुख पुर्ण प्रशाद आचार्य र अखिल नेपाल सुकुम्बासी संघ बिच भएको सहमति अनुसार सोमबार देखि हटाउने भनिएको कोहलपुर ११ शान्तीनगर क्रिकेट मैदान आसपासको बस्तीमा बस्दै आएका जनताहरुको ब्यवस्थापन हुने भएको छ।
आईतवार अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष अम्मर परियार जिल्ला अध्यक्ष तिलकराज सिजापती लगाएत शान्तीनगरका स्थानीय प्रतिनिधि र कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य बिच भएको आईतवारको छलफल पछी दुबै पक्ष बिचको आपसी समझदारीमा बस्ती हटाउने कार्य तत्कालका लागि रोकिने भनि दुबैपक्ष बीच भद्र सहमति भएको अखिल नेपाल सुकुम्बासी संघ बाँके जिल्ला अध्यक्ष तिलकराज सिजापतीले जानकारी दिए।
आइतबार भएको द्विपक्षीय बिचको छलफल र आपसी समझदारीमा एक अर्कालाई सघाउने भद्र सहमती भएको अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष अम्मर परियारले जानकारी दिए। केन्द्रीय अध्य्यक्ष परियारले भने कोहलपुर ११ शान्तिनगरका भुमिहीन दलित, भुमिहीन सुकुम्बासी अव्यवस्थितहरुको हक, अधिकार र व्यवस्थापन को बिषयमा छलफल भयो । अन्ततःछलफलको निष्कर्ष , भुमीहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थितहरुको लगत संकलन गर्ने र लगत संकलन ले नै छानबीन र प्रमाणीकरण गर्ने भन्ने सहमती भएको परियारले बताए।
कोहलपुरका सम्पुर्ण राजनैतिक दल सहितको बैठक बसेर अन्तिम टुङ्गो लगाउन राजनीतिक दल र सुकुमबासी प्रतिनिधि सहीत १/२ दिन भित्र सर्बपक्षिय बैठक बसेर दीर्घकालीन समस्या समाधान गर्ने समझदारी बनेको छ ।
समझदारी नै सबैका लागि सकारात्मक पाटो रहेको अध्यक्ष परियारले बताएका छन् ।
शान्तिनगतका बासिन्दाहरुको राष्ट्रिय भुमि आयोगले गर्ने लगत संकलनमा शान्तिनगर बस्तीका प्रतिनिधिले सहजीकरण र सहयोग गरिदिन नगर प्रमुख आचार्यले अनुरोध गरे लगतै दुबैपक्षिय सहमति भएर दीर्घकालीन समस्या समाधान गर्नका लागी स्थानीय सरकारले गर्ने छानबिनमा स्थानीयले सहयोग गर्ने र लगत संकलन बाट नै छानबिन हुने भएकोले द्विपक्षीय सहमति सकारात्मक सकारात्मक भएको कृष्ण शाहीले जानकारी दिए ।