Thursday, February 6, 2025
spot_imgspot_img
Homeराष्ट्रियदशैं लक्षित सुलभ पसल संचालन

दशैं लक्षित सुलभ पसल संचालन

काठमाडौं । सरकारले उपत्यका र उपत्यका बाहिर गरी भोलि बाट ४२ जिल्लामा चाडपर्वलक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । यस्तै उपत्यका बाहिर पनि सरकारले ४८ स्थानमा चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्न लागेको छ ।

– Advertisement –

उपत्यकामा रहेका आठ बिक्री केन्द्र,तीन वटा घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

उपत्यका बाहिर मोरङ,झापा , ताप्लेजुङ,संखुवासभा, सोलुखुम्बु,दिक्तेल,भोजपुर,ओखलढुंगा,खोटाङ,सिराहा, जनकपुर,पर्सा,कास्की,तनहुँ,गोरखा,मनाङ,मुस्ताङ,रुपन्देही, बाँके,दाङ, बर्दिया,रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी,दैलेख,डोल्पा कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला,मुगु, कैलाली ,डडेल्धुरा , बाजुरा , बझाङ,अछाम, दार्चुला ,महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल सञ्चालन गर्ने सचिवालयले जानकारी दिएको हो ।

सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।

जसमा साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनमा सामान किन्दा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाउने छन् । यस्तै,नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ उपभोक्ताले छुट पाउने छ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २० र पनिर प्रतिदुई सय ग्रामकिन्दा २० रुपैयाँ छुट दिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments