Wednesday, April 22, 2026
spot_imgspot_img
Homeराष्ट्रियगुलरिया–काठमाडौं श्रीपेच सोफा सिल्पर एसी बस सञ्चालन

गुलरिया–काठमाडौं श्रीपेच सोफा सिल्पर एसी बस सञ्चालन

बर्दिया। कृष्णसार यातायात व्यवसायी प्रा. लि. ले बुधबारदेखि बर्दिया सदरमुकाम गुलरिया–काठमाडौं रुटमा नयाँ सोफा सिल्पर एसी बस सञ्चालनमा ल्याएको छ।
कम्पनीका अध्यक्ष रवि मल्ल का अनुसार बसमा ४५ वटा सोफा सिट र ४ वटा सिल्पर सिट रहेका छन्। यात्रुको सुरक्षाका लागि दुई जना चालक, एक जना सहचालक र कन्डक्टर रहने व्यवस्था गरिएको छ। बस दैनिक बेलुका ६ बजे गुलरियाबाट काठमाडौंका लागि प्रस्थान गर्नेछ। पूर्ण भाडा दर २ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।
‘श्रीपेच होलिडे’ नाममा चारवटा नयाँ प्रविधियुक्त लग्जरी एसी बस सञ्चालनमा ल्याइएको अध्यक्ष मल्लले जानकारी दिए। आरामदायी र सुरक्षित यात्रा सेवा दिने उद्देश्यले नयाँ बस थप गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका संरक्षक सम्भु रिजाल ले यात्रुलाई सहज, सुरक्षित र स्तरीय सेवा दिन आफूहरू सधैं प्रतिबद्ध रहेको बताउँदै ‘श्रीपेच होलिडे’ अब नयाँ विकल्पका रूपमा बजारमा आएको उल्लेख गरे।
बुधबार पहिलो ट्रिपका लागि गुलरियाबाट काठमाडौं जाने सवारी भर्ने काम भइरहेको अध्यक्ष मल्लले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments