Friday, April 24, 2026
spot_imgspot_img
HomeसमाजABC एजुकेशन कन्सल्टेन्सीद्वारा कक्षा १२ का विद्यार्थीलाई बिदाई

ABC एजुकेशन कन्सल्टेन्सीद्वारा कक्षा १२ का विद्यार्थीलाई बिदाई

नेपालगन्ज बैशाख १० — ABC एजुकेशन कन्सल्टेन्सीले कक्षा १२ का विद्यार्थीहरूका लागि बिदाई तथा “फेरि भेटौँला” कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कोहलपुर नगरपालिका वडा नम्बर ११ का पूर्व वडा अध्यक्ष कर्ण बहादुर थापाको प्रमुख आतिथ्यता तथा कन्सल्टेन्सीका संचालक फलेन्द्र बुढाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै अध्ययनलाई जीवनको पहिलो प्राथमिकतामा राख्न आग्रह गरे । उनले अनुशासन, मेहनत र लक्ष्यप्रति समर्पण भए सफलता हासिल गर्न सकिने बताए ।

कार्यक्रमका अध्यक्ष तथा कन्सल्टेन्सीका संचालक फलेन्द्र बुढाथोकीले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै सिकाइ निरन्तर प्रक्रिया भएकाले भविष्यमा पनि मेहनत जारी राख्न सुझाव दिए ।

त्यसैगरी शिक्षक तपेन्द्र चलाउनेले विद्यार्थीहरूलाई प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्दै जिम्मेवार नागरिक बन्न प्रेरित गरेका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments