Wednesday, February 5, 2025
spot_imgspot_img
Homeपर्यटनशिवालय गाउँपालिकाको आफ्नै बस सेवा

शिवालय गाउँपालिकाको आफ्नै बस सेवा

linkedin sharing buttonसुर्खेत : शिवालय गाउँपालिकाले आफ्नै पालिका बस सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी बस सेवा सञ्चालनमा ल्याएको हो । बस सेवाको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले उद्घाटन गरेका छन् ।

कर्णाली प्रदेश ०२–००१ ख ०८५९ नम्बरको पालिका बस सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्ना नागरिकको सहजताका लागि बस सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले बताए ।

No description available.

गाउँपालिकाले बस करिब ४३ लाखमा खरिद गरेको हो । जीपमा महंगो भाडा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्नलाई पालिका बस सञ्चालनमा ल्याइएको अध्यक्ष शाहीले बताए । बस दैनिक शिवालयको टुनीबजारबाट ढिकाले, शिवालय, मोर्क हुँदै छेडाबजारसम्मको रुटमा सञ्चालन हुने गाउँपालिकका निमित्त प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बस्नेतले जानकारी दिए । उनले गाउँपालिकाले अरु गाडीमा भन्दा यो गाडीमा केही प्रतिशत कम भाडादर निर्धारण गरिएको  बताए । मुनाफाभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेका कारण सस्तो भाडादर कायम गरिएको उनको भनाइ छ ।

No description available.

सर्वसाधारणहरुका लागि यातायातको पहुँच पुर्‍याउन पालिका बस सञ्चालनमा ल्याइएको शिवालय गाउँपालिका–९ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता दिपक खड्काले जानकारी दिए । पालिकाको वडामा रहेका नगरबासीलाई सधैं सेवा दिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।गाउँपालिकाले पालिका बस सेवा शुरु गरेपछि यहाँका बासिन्दा खुशी भएका छन्  पहिलो पटक पालिका बस सञ्चालन भएपछि स्थानीयले अध्यक्ष शाही र पालिकालाई धन्यवाद दिएका छन् । मध्यान्ह बाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments