बर्दिया:बाँसगढि नगरपालिका वडा नं ९ थुमनी गाउँमा शुक्रबार भएको कार्यक्रमले बाँसगढी नगरपालिका अन्तर्गत नेचरोपथि हस्पिटल खोल्ने बिषयमा बाँसगढी सरोकारवाला निकायसँग छलफल भएको छ।
उक्त छलफल कार्यक्रममा नगरपालिकाका मेयर खडक बहादुर खड्का इलाका प्रहरी कार्यालय प्रमुख रुपेश शाह APF DSP सिताराम पौडेल भारतको गुजराज राज्यदेखी देखि आउनु भएका नेचरोपेथिक गुरु श्री हरिकृष्ण महाराज उपाध्याय जि बिच अस्पताल संचालन गर्ने बारे सकारात्मक बृहत छलफल भएको वीर बहादुर सोनिले जानकारी दिनुभयो ।
स्थानीय सरकार प्रमुखले अस्पतालका लागि आवश्यक जग्गा ब्यवस्थापन गर्न स्थानीय सरकारले पहलकदमी गर्ने बताउनुभयो। अस्पताल बाट स्थानीयलाई उपचारमा सहजता हुने छ भने रोजगारीको समेत सिर्जना हुने दलित एकता समाजका अध्यक्ष सोनिले बताउनुभयो ।