बाँके:बैजनाथ गाउँपालिका-६, सम्झनामा २०५७ सालदेखि श्री सरस्वती ई मि स्कुल सफलतापूर्वक सञ्चालन गर्दै आउनुभएका भिम बहादुर खड्का शिक्षाक्षेत्रमा मात्र नभई समाजसेवामा समेत सक्रिय हुनुहुन्छ। हाल राष्ट्रिय स्वतन्त्र पार्टी, बाँके क्षेत्र नम्बर ३ का सभापति रहेका खड्काले शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने आफ्नो अभियानलाई राजनीतिमा प्रवेशपछि समेत निरन्तरता दिनुभएको छ।
निजी प्रयासमा विद्यालय सञ्चालन गर्दै शिक्षाको स्तर सुधार्न लागिपर्नु भएका खड्काले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ओरीलालपुर मा कक्षा १२ सञ्चालन गर्न आयोजना गरिएको महायज्ञमा १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको छ। शिक्षा क्षेत्रमा समर्पित यो योगदान सँगै आगामी दिनहरुमा समेत उहाँ दीर्घकालीन रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
३ वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नम्बर ३ को सभापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका खड्काले शिक्षाको महत्त्वलाई केन्द्रमा राखेर नीतिगत सुधारको पहल गरिरहनु भएको छ। समाजका युवाहरूलाई शिक्षामार्फत सशक्त बनाउँदै समृद्ध भविष्य निर्माण गर्ने उहाँको दृष्टिकोण प्रेरणादायी उदाहरणका रूपमा लिन सकिन्छ ।
खड्काले विद्यालय सञ्चालन मात्र नभई विभिन्न सामाजिक कार्यमा समेत उल्लेखनीय योगदान पुर्याउनु भएको छ। विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम, कमजोर वर्गका बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था तथा आधुनिक शिक्षाको प्रवर्द्धन गर्न उहाँले खेल्नु भएको भूमिकाले समाजमा सकारात्मक परिवर्तन ले समाजलाई सकारात्मक दिशातर्फ लिएको छ।
शिक्षा क्षेत्रको सुधार नै देशको समृद्धिको आधार हो भन्ने मान्यतासहित अगाडि बढ्नुभएका खड्का राजनीतिलाई पनि सेवाको माध्यमका रूपमा लिनुहुन्छ। उहाँको नेतृत्वमा विशेषगरी ग्रामीण शिक्षाको स्तर सुधार, आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा तथा विद्यालय पूर्वाधार विकासमा विशेष ध्यान दिइएको छ।
भविष्यमा शिक्षाक्षेत्रमा अझ प्रभावकारी सुधार र स्थानीय स्तरको विकासका लागि उहाँले गर्ने पहल प्रतीक्षा गर्न योगदान गर्ने थुप्रै उदाहरण छन् ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जय बहादुर बि क ले सबैले गर्नुभएको सहयोगको सहि सदुपयोग गरिनुका साथै कक्षा १२ संचालन गर्न योगदान पुर्याउनु हुने १० हजार भन्दा माथी प्रदान गर्ने ब्यक्त वा संस्थाको नाम विद्यालय परिसर भित्र शिलालेखमा नाम राखिने बताउनुभयो ।
महायज्ञ बाट संकलन रकम शिक्षा क्षेत्रमा लगानी गरिने भएकोले ४४ बर्ष पछि विद्यालयमा ११ र १२ कक्षा संचालन गर्न महायज्ञ आयोजना गरिएको प्रधानाध्यापक पहलमान ओली क्षेत्रीले जानकारी दिनुभयो ।