बैजनाथ गाउँपालिका-६ सम्झना निवासी नेपाली सेनाका मेजर कृष्ण खड्काले आफ्ना स्वर्गीय आमा महिमा खड्का र बुवा रत्न बहादुर खड्काको स्मृतिमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओरीलालपुरलाई रु १ लाख ५१ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ।
खड्काले प्रदान गरेकोआर्थिक सहयोग बाट विद्यालय कक्षाकोठा निर्माण गरिने छ।सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जय बहादुर बि ल ले धन्यवाद व्यक्त गर्दै यसरी विद्यालयको भौतिक पुर्बाधार निर्माण एवं शैक्षिक सुधार कक्षा:१२संचालन गर्न प्रयोग गरिने बताउनुभयो।
आईतवार विद्यालयमा संचालन रहेको महायज्ञ कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्षको उपस्थितिमा खड्काले उक्त सहयोग प्रदान गर्नुभएको हो। विद्यालयका प्रधानाध्यापक पहलमान ओलिका अनुसार प्राप्त सहयोग विद्यालयका लागि उपयोग गरिने बताउनुभयो ।
मेजर खड्काले आर्थिक सहयोग गरेको रकम सदुपयोग होस भन्दै आफ्नो स्वर्गीय आमा बुवाले विद्यालयलाई पुर्याउनु भएको योगदानको कदर गर्दै अझै उहाँहरुकै नामका लागि यसरी सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताउनुभयो। मेजर खड्काले आफै समेत नेरामाबिमा अध्ययन गरेका थिए।
विद्यालयका प्रधानाध्यापक पहलमान ओलीले पुर्व विद्यार्थी एवं उहाँका स्वर्गीय बुवा आमाले शिक्षण गरेर विद्यालयलाई योगदान पुर्याउनु भएकोमा उहाँहरु प्रती उच्च सम्मान व्यक्त गर्नुभएको छ।
स्थानीयबासी सुमन विश्वकर्माले यसरी यति ठुलो रकम सहयोग गरेर विद्यालयको स्तर वृद्धि गर्नको लागि ठुलो योगदान पुर्याउनु भएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । स्वर्गीय खड्का दम्पती समाजको लागि सधैं सकारात्मक र ईमानदारीताको उदाहरण भएको भन्दै स्मरण गर्नुभएको थियो।
मेजर खड्काले अगाडि थप्दै”शिक्षा क्षेत्रको विकासले समाजको उन्नति गर्छ भन्ने विश्वासका साथ मैले सानो सहयोग गरेको हुँ।”यो सानो सहयोग स्वीकार गर्नुभएकोमा विद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा समेत आवश्यकता अनुसार आगामी दिनहरुमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।
यस सहयोगले विद्यालयमा नयाँ भवन निर्माण गरेर कक्षा ११ र १२ संचालन गरिने छ।यस्ताखाले सहयोगले स्थानीय विद्यार्थीहरुले गाउँमै माध्यमिक तहको शिक्षा प्राप्त गर्नेछन् । बैजनाथ गाउँपालिकालाई शैक्षिक हब बनाउन सहयोग पुग्ने विस्वास लिईएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बि क का अनुसार सहयोगको पारदर्शी सदुपयोग गरिनेछ। साथै, आगामी दिनमा शिक्षाको स्तर उन्नत बनाउन थप पहल गरिने
साथै विद्यालय व्यवस्थापन समितिले भविष्यमा पनि शिक्षाको स्तर उन्नत बनाउन थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको शिक्षक श्याम ओलीले जानकारी दिनुभएको छ।फोटो फिचर्स …