बाँके, बैशाख २७ – बैजनाथ गाउँपालिका–६ स्थित सम्झना बजारमा ‘बैजनाथ फार्मेसी एन्ड प्रनेस डाइग्नोस्टिक सेन्टर’को शनिबार एक औपचारिक कार्यक्रमका बीच बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले रिबन काटेर उद्घाटन गर्नुभएको हो।
गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्यतामा रिबन काटेर फार्मेसी तथा डाइग्नोस्टिक सेन्टरको उद्घाटन गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपाध्यक्ष रोकायले केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवा गुणस्तरीय, भरपर्दो र जनमैत्री हुने विश्वास व्यक्त गर्दै संस्थाको व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो।
बैजनाथ ८ का वडा सदस्य धिरेन्द्र सिंहले फार्मेसीले स्थानीय बासिन्दालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा रहेको जानकारी दिनुभयो।
उद्घाटन कार्यक्रममा फार्मेसीका सञ्चालकले उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार प्रकट गर्दै स्वास्थ्य क्षेत्रमा यो नयाँ प्रयास स्थानीयको साथ र सल्लाहमा अझ सशक्त बन्दै जाने प्रतिवद्धता जनाए।सबै प्रकारको चेकजाँचको लागि १५ प्रतिशत छुट भएको ।