Sunday, May 11, 2025
spot_imgspot_img
Homeराष्ट्रियराप्तीसोनारीमा YCL तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः धनीराम 

राप्तीसोनारीमा YCL तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः धनीराम 

बाँके, बैशाख २७ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (YCL) राप्तीसोनारी गाउँपालिका कमिटीको तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

प्रेस सेन्टर नेपाल राप्तीसोनारी अध्यक्ष ईश्वरी केसीका अनुसार अधिवेशनले पुनः धनीराम थारुलाई अध्यक्षमा चयन गर्दै १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। महिला उपाध्यक्षमा निर्मला थारु, उपाध्यक्षहरूमा होमराज खड्का र रमेश मौर्य चयन भएका छन्।

त्यसैगरी, प्रजित कसेरा सचिव, लक्ष्मण खनाल सहसचिव र बुद्धि प्रकाश चौधरी कोषाध्यक्षमा चयन भएका छन्। बाँकी ११ जना सदस्यसहितको समावेशी तथा सक्रिय नेतृत्व टिम चयन गरिएको जनाइएको छ।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरू, YCL कार्यकर्ता, समाजसेवी र स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनले संगठनलाई अझ सुदृढ र जनमुखी बनाउने नवनिर्वाचित अध्यक्ष धनिराम थारुले प्रतिबद्धता पनि जनाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments