Friday, September 5, 2025
spot_imgspot_img
Homeराष्ट्रियकिसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बन्दै: अध्यक्ष शाही

किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बन्दै: अध्यक्ष शाही

बैजनाथ, बाँके :बैजनाथ गाउँपालिका–६ मा सञ्चालित “किसानसँग पालिका प्रमुख” कार्यक्रमले स्थानीय बिपन्न किसानहरुमा आशा र आत्मनिर्भरताको भावना थपेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट अनुसार गाउँपालिकाले पशुपन्छी तथा कृषि यान्त्रिकीकरणतर्फ प्राथमिकता दिँदै कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाएको गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी दिनुभयो।

कार्यक्रम अन्तर्गत बैजनाथका आठै वडाबाट सिफारिस भएका बिपन्न परिवारका सदस्यहरुलाई प्रत्येकलाई १० वटा गरेर सात हप्ते ३६०० वटा लोकल जातका चल्ला पूर्ण अनुदानमा वितरण गरिएको छ। चिसापानीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शाही, वडा नं. ६ का अध्यक्ष रुप बहादुर मल्ल र कार्यपालिका सदस्य रुपा थापाको उपस्थितिमा सो चल्ला वितरण गरिएको हो।

यसै कार्यक्रममार्फत गाउँपालिकाले किसानहरुलाई धान काट्ने मेसिन, धान रोप्ने मेसिन, ई-लोडिङ अटो, पावर टिलर, हाते ट्र्याक्टर, सिँचाइका लागि स्यालो ट्युबवेल तथा बाँधजस्ता सामग्रीहरू समेत हस्तान्तरण गरेको छ।

साथै, धान, गहुँ र तरकारी बीउहरू ५०% छुटमा वितरण गरिएको छ। गाउँपालिकाको पहलमा खाद्य गोदाम डिपो समेत निर्माण गरिएको छ, जसले स्थानीय खाद्य सुरक्षामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।गाउँपालिका अध्यक्ष शाहीले भन्नुभयो, “कार्यक्रमको उद्देश्य किसानलाई आत्मनिर्भर बनाउनु हो। अनुगमनपछि आवश्यकताका आधारमा अनुदान दिइँदै आएको छ।”

यता, अपांगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले पनि गाउँपालिकाले कदम चालेको छ। पालिकाको आर्थिक सहयोगमा अपांगता सञ्जालको आयोजनामा रामपुरमा आयोजित कार्यक्रममा माउ बाख्रा वितरण गरिएको हो। वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शाही तथा उपाध्यक्ष निर्मला रोकायाको विशेष उपस्थिति रहेको थियो।

गाउँपालिकाले कृषि तथा सामाजिक समावेशी कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्दै आएको छ, जसबाट स्थानीय जनताले प्रत्यक्ष लाभ लिइरहेका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments