नेपालगञ्ज, २०८२ जेठ २८ गते
नेपालगन्ज : नेपालगञ्ज उपमहानगरपालिका-७ अन्तर्गत राप्ती नदी किनारमा आयोजना गरिएको एघारौं संस्करणको राप्ती गंगा महा आरती समारोह भव्यताका साथ सम्पन्न भएको छ।
पुजनीय गुरुवरज्यूहरू, श्रद्धालु भक्तजन, समाजका अगुवा, सुरक्षाकर्मी, सञ्चारकर्मी , व्यवस्थापनमा संलग्न समर्पित व्यक्तिहरूको सक्रिय सहभागिता र अथक प्रयासबाट यस पटकको महाआरती सफल र प्रभावशाली रूपमा सम्पन्न भएको हो।
गंगा महाआरती समितिले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा हरेक महिनाको पूर्णिमाको दिन नियमित रूपमा महाआरती आयोजना गरिने जानकारी दिँदै, निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ।
कार्यक्रममा विशेष आतिथ्यको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठको उपस्थिति रहेकोमा आयोजक समिति विशेष धन्यवाद व्यक्त गर्दछ।
जय गंगा मइया! जय जननी! जय नेपाल आमा!